arrow

एसबिआई बैंकले शेयरधनीलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशत लाभांश दिने

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
sbi-nepal-agm-2021.jpg

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनीहरुको २७ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न सभाले बैंकको आर्थिक वर्ष २०७६–७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आव २०७६–७७ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायतका वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको बैंकले प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड’ को आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७–७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा–नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने–गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न–गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ