arrow

बजारमा महंगो पर्ने तरुलको मुल्य किसानले पाए थोरै

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ १ बिहिबार
tarul-morang.jpg

मोरङ । प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व बिहिबार देशभर मनाइँदै छ । बिहिबार विभिन्न जातका तरुल खाएर नेपालीहरुले माघे सक्रान्ति मनाउदैछन् । आजको दिन तरुललाई विशेष महत्त्वका साथ खाने गरिन्छ । तर तरुल उत्पादन गर्ने किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

 मोरङका केहि किसानहरुले उत्पादन गरेको तरुलले मुल्य नपाएको गुनासो गरेका हुन् । किसानले कम मुल्य पाएको तर उपभोक्ताले महंगो मुल्य तिर्नुपरेको किसानले गुनासो गरेका छन् ।

 प्रत्येक बर्ष तरुलको मुल्यमा गिरावट आएको बेलबारीका किसान कृष्ण लिम्बु बताउछन् । उनले भने विगत ४ बर्ष देखी लगातार तरुलको मुल्य ओरालो लागेको उनले बताए । तरुलको मुल्य गिरावट आउदाँ  किसानहरु खेति बाटनै बिस्थापित हुने अबस्थामा छन । किसानले अहिले ४० देखी ४५ रुपैयाँ किलोमा तरुलको बेचि रहेका छन् भने बजारमा अहिले १ सय भन्दा वढि मुल्यमा बिक्री भइरहेको छ ।

भाउ घट्ने मात्रै होईन भनेको समयमा पैशा नपाउदाँ तरुलको खेति बाटै बिस्थापित हुने अबस्था आएको किसान किरण राई बताउछिन् । दुई तिहाईको सरकार छ अब कृषकलाई केहि राहत होला भन्ने सोचेर बसेका किसानहरु दिन प्रतिदिन राजनितिमा भएको उतार चडावले थप चिन्तीत भएका छन् ।

स्थानीयतहले केहि राहत प्याकेजहरु ल्याएपनि अन्य बाटै केहि सहयोग नभएको किरण राई बताउछिन ।



नयाँ