arrow

सबै नेपाली सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्, छिटो फैसला होस: डा. कोइराला

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
shekhar2.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली जनता सर्वोच्च अदालतको फैसला कुरेर बसेको बताएका छन् ।

असंवैधानिक रुपमा गरिएको ‘संसद विघटन सम्बन्धी मुद्दा’मा सबै नेपाली सर्वोच्च अदालतको फैसला कुरेर बसेकाले छिटो फैसला गर्न आग्रह गरे ।

विहीबार ट्विटरमा लेख्दै डा कोइरालाले विद्धान कानुन व्यावसायीहरुलाई छिटो फैसला गराउनेतर्फ सहजीकरण गर्न समेत अनुरोध गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

उनले लेखेका छन्, ‘समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको ‘संसद बिघटन सम्बन्धि मुद्दा’मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ