arrow

डब्लुएचओको टोलीका दुई सदस्यलाई चीनले दिएन प्रवेश

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
corona-virus-china.jpg

काठमाडौं । कोरोना भाइरसको माहामारी फैलिएको करिब एक वर्षपछि अन्तत विश्व स्वास्थ्य संगठनको टोली भाइरसको उत्पत्तीबारे अध्ययनका लागि चीन पुगेको छ ।

यद्यपी टोलीमा रहेका दुई सदस्यहरुलाई भने अहिले पनि चीनले प्रवेश गर्न रोक लगाएको छ । ती दुई सदस्यहरुमा कोरोना भाइरसको एन्टीबडी परीक्षणको नतीजा सकारात्मक देखिएको भन्दै चीनले प्रवेश गर्न नदिएको हो ।

यद्यपी विश्व स्वास्थ्य संगठनले गरेको पीसीआर र एन्टीबडी दुवै परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो । यसबाहेक पनि परीक्षण नेगेटिभ आएका अन्य १३ जनालाई चीनले अझैं दुई हप्ताका लागि क्वारेन्टिनमा राखेको छ ।

कोरोना भाइरस मानिसमा कुन जनावरबाट सर्‍यो भनेर थाहा पाउँनु जरुरी हुन्छ । किनकी यसले नयाँ आउने सम्भावित माहामारीबाट जोगाउन मद्दत गर्छ । तर चीनले पटकपटक यसको विषयमा अध्ययन एवं अनुसन्धान गर्न रोक लगाउँदै आएको छ।

किनकी वुहानका ल्याबहरुमा वर्षौदखि कोरोना भाइरस एवं अन्य विभिन्न प्रजातीका भाइरसमाथि अध्ययन अनुसन्धान हुँदै आएको छ । त्यहाँका ल्याबहरुको व्यवस्थापनको कमजोरी रहेको आरोप समेत छ ।

यस्तोबाट चीनबाट माहामारी फैलिएको कुरा प्रमाणीत हुनसक्ने डर चीनलाई भएको आरोप लाग्दै आएको छ । अहिले पनि डब्लुएचओको टोलीले गर्ने अनुसन्धानको मुख्य काम गर्न चिनियाँ वैज्ञानीकहरुलाई नै मुख्य जिम्मेवारी दिइएको छ।

चीनले कोरोना भाइरसको उत्पत्तीका बारेमा वैज्ञानिक अनुसन्धान हुन दिनेभन्दा पनि राजनीति शैली अपनाउँने विज्ञहरुको गुनासो छ । डब्लुएचओको टीमलाई यसबारे अध्ययन गर्न कति समय लाग्छ अहिले भन्न सकिने अवस्था छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ