arrow

भारतमा जनवरी १६ बाट कोभिड-१९ विरुद्धको खोप लगाइने

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ १ बिहिबार
corona-vaccine-covid19.jpg

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ विरुद्धको खोप जनवरी १६ बाट लगाउने जानकारी दिदै यसका लागि सम्पूर्ण तयारी भइसकेको बताएका छन्। भारतमा स्वास्थ्य सेवामा निकै सुधार भएको बताउँदै प्रधानमन्त्री मोदीले बिहीबार कोरोना भाइरस खोप सबैलाई उपलब्ध गराउन देशभरि तयार भइसकेको बताएका छन्।

भिडिओ कन्फरेन्समार्फत गुजरातको राजकोटमा नयाँ अखिल भारतीय मेडिकल साइन्सेज् (एम्स) को शिलान्यास गर्दै प्रधानमन्त्री मोदीले भने, "२०२० मा कोभिड-१९ महामारीको कारण सबै पक्षबाट विभिन्‍न प्रश्‍नहरु उठेका थिए। तर, सन् २०२१ मा खोपको विकासले नयाँ आशा जगाएको छ।"

मोदीले कोरोना महामारीविरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए। प्रधानमन्त्रीले मोदीले भने, "भारतले हरेक संकटलाई एकबद्ध भएर लडेको छ। यस्तो संकटको समयमा एक-अर्कालाई सहयोग गरिरहेको छ।"

"एक अर्बभन्दा बढी जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ। एक करोडभन्दा बढी मानिसहरूले महामारी लडेका छन् र जितेका छन्। अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ," उनले भने।

उनले भारतमा संक्रमणको संख्या घट्दै गएको बताएका छन्। 'स्वास्थ्य भनेको धन हो' भन्‍ने औंल्याउँदै मोदीले भने, "यस वर्षले हामीलाई यो अधिकतम सिकायो। जब स्वास्थ्यमा कुनै आक्रमण हुन्छ । त्यसले परिवारलाई असर गर्छ र सम्पूर्ण समाज यसको नियन्त्रणमा आउँछ।"

कोरोना भाइरसका लागि खोप विकास गर्ने सम्पूर्णलाई मोदीले धन्यवाद व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ