arrow

बुटवलमा खानेपानीको समस्या, हल गर्न बनेको गुरुयोजनाले कहिले गर्ला काम ?

logo
नारायण वली,
प्रकाशित २०७७ माघ १ बिहिबार
butwal-pipe.png

रुपन्देही । व्यापारिक केन्द्रको (उपमा) दिइने बुटवलमा खानेपानीको समस्या विकराल छ, भन्दा धेरैलाई पत्याउन गाह्रो पर्ला । यहाँका नागरिकहरु अझ गर्मीयाम त झन् राती १० वजेसम्म र विहान ४ वजेदेखि पानीको जोहोमा खाली भाँडा लिएर दौडिने कार्य कुनै नौलो विषय होइन् ।

यद्यपी २०५२ सालदेखि हालसम्म पाल्पाको झुम्सा खोलादेखि बुटवलमा खानेपानीको मुहान फुटाउने जस्ता प्रयास नभएका र सरकार द्धारा उक्त कार्यका लागि वजेट पनि विनियोजन नभएको पनि होइन । नगरवासीको पानीको लागि (काकाकुल) गर्ने समस्या हल गर्न झुम्सा खोलाको मुहान नजिक ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम भएपनि तर, सो कार्य यहाँका नागरिकलाई कागलाई वेल पाक्यो, हर्ष न विष्माद् जस्तै साविक भयो ।

बुटवलको उच्च जनघनत्वलाई खानेपानीको पहुँच विस्तार गर्ने काम भने, नभएका होइनन्, तर ती कार्य प्रभावकारी रुपमा सञ्चालन नहुँदा अहिले बुटवलको शिवनगर सामुदायिक वन तथा उपभोक्ता समुहको जंगल भित्र झुम्सा खानेपानी आयोजनाका लागि ल्याइएका लाखौं रुपैयाँका पाइपहरु पछिल्लो समय सेल्फी जोनको रुपमा परिणत भएको छ ।

खानेपानीको अभाव झेलिरहेका बुटवलका नगरवासीले झुम्साको पानी कहिले आउँछ, र पेटभरी धोको मेटिने गरी पिउँला भन्ने आशा सेल्फी जाने र विभिन्न समयमा दिइने आश्वासनले भरिन पुगेको छ । तर, यही पुस २७ गते  बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खानेपानी समस्या हल गर्न गुरुयोजना बनाउन लागेको बताए । तर, सो गुरुयोजना कहिले बन्छ र आयोजनाको निर्माण कहिले सम्पन्न भएर सहज रुपमा पानी पाउन सकिन्छ भन्ने कुरा लघुकथा जस्तै वन्न सक्ने बुटवलका एक स्थानीय विर्घ वहादुर मगरले बताए ।

तत्कालिन समयमा गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ नामक योजना आएपछि खानेपानी योजना छायाँमा परेको भनाइ छ । सो हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त योजना सेलाउन पुगेको उल्लेख छ । हरेव निर्वाचनका लागि मुख्य वुँदाको रुपमा अंगाल्ने विभिन्न राजनितिक पार्टीका नेताहरुले सत्तामा पुगेपछि फर्केर हेर्ने प्रवृतिलाई वन्द गरेकाले दुइ दशक वितिसक्दा समेत झुम्सा खानेपानी आयोजना सफल नहुनुको साथै यहाँका नागरिकहरु पानीको पिडामा थोपा संगाल्ने कार्यवाट मुक्ति पाउन सकेका छैनन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीका अनुसार कुटवल स्थित रहेको खानेपानी संस्थान संगको सहकार्यमा खानेपानीको गुरुयोजना वनाउन लागि परेको जनाउँदै, पूर्वाधार विकास र बसाइसराइ गरेर आउनेहरुको अवस्थालाई समेत अंकगणित गरेर अबको ५ दशकसम्मलाई धान्न सक्ने गरी गरुयोजना निर्माण गरिने बुटवल उपमहानगरका प्रमुख सुवेदीले जनाए ।

झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले पुन. ड्याम र इन्ट्याक्ट निर्माण कार्य शुरु गरिएको छ । सो कार्यपनि त्यहाँका स्थानीयहरुको माग विपरित शुरु गरिएको भन्दै, स्थानीयहरुले विरोध जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ