arrow

कोरोना संक्रमित कर्मचारीको जानकारी लुकाएको भन्दै अस्पताललाई ४६ लाख जरिवाना

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको एक अस्पताललाई ४० हजार डलर (करिब ४६ लाख नेपाली रुपैयाँ) जरिवाना तोकिएको छ । सान्ता क्लारा काउन्टीले कैंसर परमानेन्टे सान जोसे मेडिकल सेन्टरलाई कोरोना भाइरसबाट संक्रमित एक कर्मचारीको एक हप्तासम्म उपचार गर्दा समेत जानकारी नगराएका कारण जरिवाना ताकेको हो ।

उक्त अस्पतालमा डिसेम्बर २७ देखि जनवरी १ सम्म अस्पतालमा ४३ भन्दा बढी कर्मचारी संकमित भएका थिए भने, एकको मृत्यु भएको छ । तर, सोमबारसम्म ७७ कर्मचारी र १५ बिरामी गरेर ९२ जनालाई संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य विभागबाट अहिले उक्त अस्पतालमा सुरुवाती प्रकोप फैलिनुको अनुसन्धान भइरहेको छ । गत अक्टोबर ५ मा अमेरिकी जनस्वास्थ्य विभागले कुनै पनि अस्पतालको कर्मचारी संक्रमित भएको ४ घण्टाभित्र जानकारी गराइसक्नु पर्ने निर्णय जारी गरेको थियो ।

तर, कैसर परमानेन्टे अस्पतालमा कर्मचारी संक्रमित भएको जानकारी तीन जनवरीमा अस्पताले नै जारी गरेको विज्ञप्तीबाट मात्रै थाहा भएको काउन्टीले जनाएको छ । काउन्टीले जनवरी १५ भित्र यसमाथि प्रतिकृया दिन अस्पताललाई निर्देशन दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ