arrow

संसद विघटनको विरोधमा शनिबार ७५३ पालिकामा कांग्रेसको प्रदर्शन

प्रदर्शनमा सहभागी हुन देउवाको अपील

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
congress-birodh1.JPG

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका बिरुद्ध भोली शनिबार हुने स्थानीय तह स्तरीय प्रदर्शनमा सहभागी बन्न नेता कार्यकर्ताहरुमा अपील गरेका छन ।  देउवाले शुक्रबार अपील जारी गर्दै ३ माघमा हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्ताहरुमा आग्रह गरेका हुन ।

‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ देउवाले भनेका छन ।  

कांग्रेसले संसद विघटनको निणर्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आइरहेको छ । १९ पुसको केन्द्रीय समिति बैठकबाट नै कांग्रेसले संसद विघटन बिरुद्ध भन्दै ३३० प्रदेश निर्वाचन क्षेत्र, ७५३ स्थानीय तहका पालिका तथा ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने निणर्य गरेको थियो ।

कांग्रेसले केन्द्रीय समितिको निणर्य अनुसार नै भोली शनिबार देशभरमा ७५३ वटा पालिकाहरुमा सरकारको कदमका बिरुद्ध प्रदर्शन गर्न लागेको हो । यसपछि ८ माघमा कांग्रेसले वडा स्तरमा प्रदर्शन गर्ने छ ।

यसअघि कांग्रेसले २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो । त्यसअघि १६५ वटै प्रतिनिधि सभा तर्फका निर्वाचन क्षेत्रमा गत १३ पुसमा प्रदर्शन आयोजना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ