arrow

यसरी भयो नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
disel-chori.jpg

काठमाडौं । नेपाल–भारतबीचको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी भएको पाइएको छ । चोरी गर्नेहरुले चार फिट गहिराइमा रहेको पाइपलाइनमा प्वाल पारेर अर्को पाइप जोडेर उक्त पाइप पनि जमिनमुनीबाटै लगेर डिजेल चोरी गरेको पाइएको हो ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाली सीमापारी नौनिया भन्ने ठाउँबाट एक सय किलोमिटर पर बिहारको सिवान भन्ने ठाउँमा पाइपलाइनमा क्षति भएको बताएका छन् ।

डिजेल चोरी गर्नेहरु पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी डिजेल आपुर्तिमा भने क्षति नभएको प्रवक्ता उपाध्यायले बताएका छन् । चोरी गर्नेहरुमाथि कारबाहीका लागि भारतीयपक्षबाट काम भइरहेको छ होला ठ्याक्कै जानकारी आइसकेको छैन्, प्रवक्ता उपाध्यायले भने ।

पाइपलाइनको माथि खेतमा डिजेल देखिएपछि पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अधिकारीहरुलाई सुचना दिएको बताइएको छ ।

गत वर्षको भदौ २४ मा नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको यो पाइपलाइनबाट बार्षीक दशौं करोड लिटर इन्धन ढुवानी हुन्छ । यसले नेपालको अर्बौ रुपैयाँ ढुवानी खर्च जोगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ