arrow

कोभ्याक्सिन खोप बिक्रीका लागि उत्पादन गर्न भारत बायोटेकलाई अनुमति

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ २ शुक्रबार
corona-vaccine3.jpg

नयाँ दिल्ली। कोरोना भाइरसको महामारीविरुद्ध प्रभावकारी मानिएको भारतीय कम्पनी भारत बायोटेकले विकास गरेको खोप कोभ्याक्सिनको बिक्रीका लागि उत्पादन गर्न अनुमति दिइएको छ। भारतको औषधि नियामक निकायले यस खोपलाई प्रभावकारी भएको भन्दै प्रयोग गर्न सकिने बताएपछि भारत सरकारले कोभ्याक्सिन खोप बिक्री वितरणका लागि उत्पादन गर्न अनुमति दिइएको हो। 

भारतका औषधि नियामक महानिर्देशक भीजी सोमानीले भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने घोषणा गरेका थिए। कोभ्याक्सिन खोप भारतको पहिलो कोरोनाविरुद्धको खोप हो। यो खोप हरेक एकजनालाई दुई डोज लगाउनुपर्ने सुझाइएको छ। त्यसैगरि यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रमणमा भण्डारण गर्नुपर्ने बताइएको छ।

यससँगै सिरम इन्स्टिच्युटले उत्पादन गर्ने अक्सफोर्ड विश्‍वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोपलाई पनि प्रयोगका लागि भारत सरकारले अनुमति दिइसकेको छ।

भारतमा १६ जनवरीदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्‍चालन गरिने भएको छ। सुरुवातको ६ महिनामा भारतमा ३० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भारत सरकारको योजना रहेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ करोड खोप उत्पादन भएर भण्डारण गरिएको जनाएको छ।

भारतमा दुई खोपको व्यवसायीक उत्पादन पनि शुरु भएपछि नेपालले पनि सरकारी स्तरबाटै खोप आयातको प्रक्रिया शुरु गरेको छ। कम्पनीबाट किन्दा समय लाग्ने भएपछि सरकारले भारत सरकारमार्फत खोप ल्याउने तयारी शुरु गरेको हो। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले खोप ल्याउने बारेमा कुरा अगाडी बढाएका छन्। तर खोप कहिलेबाट नेपालमा लगाउन शुरु हुन्छ अझै एकिन भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ