arrow

जम्मु काश्‍मीरमा आतंकवादीका सहयोगीहरु पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ २ शुक्रबार
indian-army-kasmir.jpg

काश्मिर। जम्मू-काश्मिरको कुलगामबाट सुरक्षा बलले एक लस्कर ई तैयबा (एलईटी) आंतकवादीलाई नियन्त्रणमा लिएको छ। जम्मु कश्मीर प्रहरी र सेनाको ३४ राष्ट्रिय राइफल्सले लश्कर-ए-तैयबा (एलईटी) का आतंकवादीलाई आश्रय, रासन र अन्य सहयोग प्रदान गर्ने थप एकसहित ३५जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका ती व्यक्तिहरुले आतंककारीहरुका लागि हतियार र विस्फोटक सामग्री कुलगाममा ल्याउसमेत सहयोग गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध थप अनुसन्धान भइरहेको जनाइएको छ। कुलगाम प्रहरीले यसअघी थप ३४ जनालाई एलईटीलाई सहयोग गरेको भन्दै नियन्त्रणमा लिएको छ। उनीहरु विष्फोटक सामग्री र विस्फोटक पदार्थसहित पक्राउ परेका थिए। उनीहरुले आतंककारीहरुका लागि उक्त विस्फोटक पदार्थ ओसार्ने गरेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ