arrow

कोरोना भाइरसः बेलायतमा सोमबारदेखि कोरिडोरहरु बन्द

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
boris-johnson-corona.JPG

काठमाडौं । बेलायतमा कोरोना भाइरसको महामारीका कारण सोमबार बिहानदेखि सबै कोरिडोरहरु बन्द हुँदैछन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको अज्ञात नयाँ स्वरुपबाट जोगिनका लागि सबै कोरिडोरहरु बन्द गरिने जनाएका हुन् । 

बीबीसीले लेखेअनुसार विदेशबाट जुनसुकै मुलुकमा उडान गर्ने कसैले पनि सेट अफ गर्नु अघि कोभिड परीक्षणको रिपोर्ट देखाउनु पर्नेछ । 

शुक्रबारमात्रै दक्षिण अमेरिका र पोर्चुगलबाट आएका यात्रुहरुमाथि प्रतिबन्ध लगाइएको छ । ब्रजिलमा समेत पनि नयाँ स्वरुपको कोरोना देखिएसँगै बेलायत थप सचेत भएको हो । 

बेलायतबाटै कोरोनाको नयाँ स्वरुप अन्य देशहरुमा फैलिएको छ । प्रधानमन्त्री जोनसनले नयाँ नियम कम्तीमा १५ फेब्रुअरीसम्म लागु हुने जनाएका छन् । 

बेलायतमा शुक्रबार ५५ हजार ७६१ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २८० जनाको ज्यान गएको छ । 

अहिलेसम्म बेलायतमा ३३ लाख १६ हजार १९ जना संक्रमित हुँदा ८७ हजार २९५ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ