arrow

राज्यले व्यवसायीलाई नियन्त्रणमा राख्न खोजीरहे डटेर सामना गर्ने  

logo
हरि पन्त, 
प्रकाशित २०७७ माघ ३ शनिबार
lekhnath-udhyog-banijya-san.jpg

पोखरा । राज्यले व्यवसायीलाई नियन्त्रण होइन सहजीकरण गर्नुपर्नेमा पोखराको लेखनाथमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । राज्यले व्यवसायीलाई सधै नियन्त्रणमा राख्न खोजेको भन्दै अब पनि यस्तै अवस्था आए डटेर सामना गर्नुपर्नेमा सहभागीको जोड थियो ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन कार्यक्रममा यस्तो आवाज उठेको हो । पोउवासंघको ३३ औं अधिवेशनबाट नारायण कोईरालाको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको थियो ।

दुई संघबीच आत्मीयता र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । कार्य विगतका वर्षहरुमा जस्तै अबका दिनमा पनि व्यवसायिक हितका सवालमा दुई संघबीच सहकार्य र कार्यगत एकताका विषयमा छलफल एवं प्रतिवद्धता जनाइएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यले व्यवसायीहरुलाई नियन्त्रण मात्रै गर्ने कोसिस गरेको भन्दै अब व्यवसायीहरुलाई नियन्त्रण नभई सहजीकरण गर्नुपर्ने बताए । बैंकको नीतिका कारण व्यवसायीहरु मारमा परेको र व्यवसाय नै धरापमा परेकोमा राज्यको ध्यान जानुपर्नेमा उनको जोड थियो ।

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले दुई संघ बीच एकताबद्ध भएर अघि बढ्ने उद्घोष गरे । उनले सरकारले ल्याएका नीति नियमहरु व्यवासायीका हकहितका सवालमा भए सर्मथन र नभए सामुहिकरुपमा विरोध गर्नुपर्नेमा जोड दिए ।

अब व्यवसायीहरु राजानीतिक पूर्वाग्रह नराखी सामुहिक भावनाले अघि बढ्नुपर्नेमा अध्यक्ष कोइरालाको जोड थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले अबको अर्जुनदृष्टि कोरोनाका कारण धरासायीमा परेका उद्योगी व्यवसायीलाई माथि उठाउने हुनुपर्नेमा जोड दिए ।

महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले दुई संघका बीचको सम्बन्ध विगतमा जस्तै गरी दरिलो हुनुपर्नेमा जोड दिंदै आगामी दिनमा पनि अझ बढी प्रभावकारी तरिकाले अघि बढ्नुपर्ने खाँचो औंल्याए ।

लेउवासंघका संघका पूर्वअध्यक्ष एवं वरिष्ठ सल्लाहकार चतुराखर अधिकारीले एकतामै बल रहेको भन्दै दुई संघबीच सहकार्य हुन आवश्यक रहेको बताए ।

लेउवासंघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम संघका महासचिव गोपीचन्द्र बाँस्तोलाले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ