arrow

कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्दै : को नेता कहाँ ? 

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
congress-kathmandu.jpg

काठमाडौं । नेपाली कांग्रेसले शनिबार देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरिसकेका छन् । 

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

यसैक्रममा सभापति शेर बहादुर देउवाले काठमाडौंका विभिन्न सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री शंशाक कोइराला नवलपुरको देउचुली पुग्दैछन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको शारदानगरमा आयोजित सभालाई सम्बोधन गर्दैछन् ।

त्यस्तै नेता प्रकाशमान सिंहले बसन्तपुरमा आयोजना हुने सभालाई दिउँसो १ः३० बजे सम्बोधन गर्नेछन् । नेता शेखर कोइरालाले मोरङ्गका विभिन्न सभालाई सम्बोधन गर्दैछन् ।

त्यस्तै काँग्रेस बुढानीलकण्ठ नगर कार्य समितिको आयोजनामा दिउँसो १ बजे हात्तीगौंडामा जम्माभई र्‍यालीसहित गल्फुटार बास्केटबल कोर्टमा परिणत हुने सभालाई नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । उनी ललितपुरको महाकालको कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

यता नेता मिनेन्द्र रिजाल नेपालगन्ज र प्रदिप पौडेल विराटनगर पुग्दैछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरका केही सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेताहरु गुरुराज घिमिरे र नैनसिंह महर काभ्रे जाँदैछन भने धनराज गुरुङ चितवनको खैरेहनी पुग्ने कार्यक्रम छ । नेता अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोटको देवीघाटको कार्यक्रमलाई सम्बोधन गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ