arrow

प्रधानमन्त्री ज्यू ! अदालतलाई प्रभावमा नपार्नुहोस, नधम्क्याउनुहोस : प्रवक्ता शर्मा

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
Biswasprakash.jpg

भक्तपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सपनाको भ्रम मात्र छरेको आरोप लगाएका छन् ।

कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै शर्माले नेपाली युवाहरुले विकास र लोकतन्त्र चाहेकाले सो को बाटो कांग्रेसले मात्र बोकेर हिडिरहेको जिकिर गरे । उनले भने, ‘कम्युनिष्ट दर्शनको बाटो भनेको विकास र लोकतन्त्रको होइन । त्यसैले तमाम युवाहरु लोकतन्त्रको बाटोमा आउनुपर्छ ।’

अघिल्लो चुनावमा कांग्रेस हारेर राम्रो भएको बताउँदै नेता शर्माले कम्युनिष्ट सरकारलाई लोकतन्त्रको बाटोमा ल्याउन कांग्रेसले प्रयास गरिरहेको पनि बताए । उनले भने,‘ कम्युनिष्ट सरकारले सर्वहारा बर्गको नभइ भ्रष्टाचारलाई संस्थागत गर्नेमात्र काम गरेको छ ।’
प्रवक्ता शर्माले कम्युनिष्ट सरकार अहिले हामीले परेर भोगिरहेको उल्लेख गर्दै भने, शुसासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न कम्युनिष्ट सरकार असफल भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला खोप किन्न भन्दापनि भोट गराउन खर्च गर्न उद्धत रहेको जनाउँदै प्रवक्ता शर्माले भने,‘अदालतलाई प्रभावमा नपार्नुहोस, नधम्क्याउनुहोस ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ