arrow

ओलीको निर्वाचन क्षेत्रबाट कांग्रेसको चेतावनी: प्रतिगमन नसच्याए माघ महिनाभित्रै सरकार ढाल्छौं

logo
 युवराज रेग्मी          
प्रकाशित २०७७ माघ ३ शनिबार
congress11.jpg

झापा । सरकारको असंबैधानिक कदम र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले शनिबार देशभरका ७५३ वटै पालिकाहरुमा सरकारको प्रतिगमनकारी कदम  विरुद्ध विरोध कार्यक्रम गरेको छ ।

सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्बाचन क्षेत्र अन्तरर्गत दमक र गौरादह नगरपालिकामा  विशाल बिरोध सभा आयोजना गरिएको छ । कांग्रेस नगर समिति दमकद्वारा आयोजित पार्टी कार्यालयबाट शुरु भएको सांकेतिक ¥यालीसहितको विरोध प्रदर्शनमा दमक नगरका नेता तथा कार्यकर्ता पेसागत संघ, भातृ संघ संगठनलगायतका शुभेच्छुकहरु उल्लेख्य संख्यामा सहभागी भएका थिए ।

प्रदर्शन पश्चात् दमक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले केपी ओली नेतृत्वको वर्तमान सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेको बताउँदै जनताका अधिकारहरु कुण्ठित हुँदै लोकतान्त्रिक व्यवस्था नै खतरामा पर्दै गएको  टिप्पणी गरे ।

सभामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पुर्व उपाध्यक्ष मेदनी प्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिक संसदको अवसान गराएको जिकिर गरे ।

इतिहासमा यदाकदा यस्तो दुःखद अवस्था आएको स्मरण गराउँदै गलत कदमलाई सच्याउँदै  संविधानको रक्षा गर्ने काममा न्यायपालिकालाई कांग्रेसले विश्वास गरेको बताए  । नेता सिटौलाले यो सरकार आम उत्पीडित महिला, श्रमिक, युवा तथा  बिद्यार्थी वर्गको अधिकारका विरुद्ध रहेकोले यसका विरुद्ध आम नागरिकहरु सडकमा उत्रिएर आन्दोलनको मोर्चामा होमिन आवश्यक रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भनाईहरुलाई लिएर आन्दोलनका बिषयमा उत्पन्न भएका केही दुविधाहरुलाई स्पष्ट पार्दै युवा नेता सिटौलाले पार्टी सभापति र आम कांग्रेसले न्यायपालिका माथि विश्वास गरेको हुनाले स्वतन्त्र न्यायपालिकाले संविधानको रक्षाका लागि स्वतन्त्रतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

संसद पुनर्स्थापना गरेर असंबैधानिक कदम सच्चिए कांग्रेस अग्रपंक्तिमा उभिएर निर्वाचनमा होमिने उनले प्रस्ट पारे । ओली सरकारले निर्वाचन गराउन नभई सर्वसत्तावाद लाद्न पछिल्ला कदमहरु चालिरहेको बताउँदै त्यसलाई नसच्याए काङ्ग्रेसले देसभरबाट आफ्ना नेता कार्यकर्ता सडकमा आएर आन्दोलनको आँधीवेहरी ल्याउने उद्घोष गरे ।

कांग्रेस झापाका पुर्व सभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित सभामा कांग्रेस विधि र सिद्धान्तमा अडिग रहेको नेता शर्माले उल्लेख गरे । कार्यक्रमलाई  कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्ट लगायतले सम्बोधन गरेका थिए  ।

यसैगरि ओलीकै निर्बाचन क्षेत्र अन्तरगत पर्ने गौरादह नगरपालिकाको गौरादह बजारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै  महाधिबेसन प्रतिनिधि सिताराम भट्टराईले सरकारको अलोकतान्त्रिक र असंबैधानिक कदम विरुद्ध संसद(प्रतिनिधि सभा) पुनर्स्थापना नभएसम्म एकजुट भइ आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

 उनले सामाजिक संजालमा अफबाह आए जस्तो आन्दोलनबारे देउवाको यो चाहान्छ्न, पौडेल यो चाहान्छ्न भनेर मतभेद गर्नुभन्दा काङ्ग्रेस  केन्द्रिय कार्यसमितिको निर्णय महत्वपूर्ण हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र अधिकारीले नेपाली काङ्ग्रेस प्रजातन्त्र र लोकतन्त्र आए पश्चात् कुनैपनि बिरोध तथा धर्ना गर्नु नपरोस भन्ने पक्षमा रहेकोले  कम्युनिस्टको जस्तो यो वा त्यो गर्छौ भन्ने आश्वासन नबाड्ने हुनाले कम्युनिस्टले जस्तो समृद्धिका नारा र झुटा  आश्वासन मात्र नदिइ जनतालाई अमनचयन दिनेकाम नेपाली काङ्ग्रेसले मात्र गर्नसक्ने बताए ।

ओलीको अलोकतान्त्रिक कदमले देशमा सर्बसत्ताबाद लाद्न खोजेकाले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक देशब्यापी आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस प्रदेश सभा छेत्र ५ (क)का सभापती रोहित कुमार साहले ओली सरकारद्वारा पुस ५ गते नेपालको संविधानको मुल मर्म र भावना बिपरित चालिएले उक्त कदमले नेपाली समाज शान्तिमा रुपान्तरित हुने आसा तुसारापात हुनुका साथै देश फेरि हिंसा र आतंकको मोडमा धकेलिएको बताए ।

नगर सभापती यादबराज सेडाइको सभापतित्वमा आयोजित कार्यक्रममा सेडाइले नेपालको आन्तरिक राजनीत र लोकतन्त्र जोगाउन सरकार बिफल भएकोले ओली सरकारले अलोकतान्त्रिक कदम तत्काल नसच्याए आन्दोलनको आधिबेहरीले यो सरकार माघ महिना भित्रै बिस्थापित हुने जिकिर गरेका थिए । कार्यक्रमलाई महाधिवेशन प्रतिनिधि लक्ष्मी बाराकोटी, महिला संघ जिल्ला सदस्य इन्दिरा पोख्रेलले समेत सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ