arrow

संसद विघटन विरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
Supreme-Court-judicial-pane.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध संवैधानिक इजलासमा परेका रिटमाथि पुनः आज(आइतबार) देखि सुनुवाई सुरु भएको छ ।

सुनुवाइ आइतबार देखि नियमित हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । आज सुरुमै निवेदकहरुले बहस गर्दैछन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी छन् ।

यसअघि संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर विवाद भएपनि संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको थियो।

शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबार(आज)बाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो ।

रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ