arrow

एन्जेला मर्केल युगको समाप्ती : अर्मिन लाशेत चुनिए सीडीयु पार्टीका नेता

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
Germany-laschet-merkel.jpg

काठमाडौं । जर्मन चान्सलर एन्जेले मर्केलको पार्टी क्रिश्चियन डेमोक्रयाटिक युनियन (सीडीयु)को नयाँ लिडर (मुख्य नेता) अर्मिन लाशेत बनेका छन् ।नर्थ राइन वेस्टफेलिया राज्यका मुख्यमन्त्री रहेका अर्मिन दुई प्रतिद्धन्द्धीलाई उछिन्दै सीडीयुका लिडर बनेका हुन् ।

यस वर्ष(सन्२०१)को सेप्टेम्बरमा १६ वर्षपछि जर्मन चान्सलरको पदबाट मर्केल बिदा हुँदै छिन् । यस्तोमा अब जर्मन चान्सलर बन्ने दौडमा अर्मिन पुगेका छन् ।

सेप्टेम्बरमा अर्मिन जर्मनीका नयाँ चान्सलर बन्ने सम्भावना बढी छ । यद्यपी कोरोना भाइरसको माहामारीका कारण जमर्नीमा राजनीतिक स्थिती सामान्य भने छैन ।

४६६ मत पाएका फ्रेडरिक मर्जलाई अर्मिनले ५२१ मतले हराएका हुन् । त्यस्तै अर्का प्रतिद्धन्द्धी नोर्बर्ट रत्जेन भने पहिलो चरणमै दौडबाट बाहिरिएका थिए ।

सीडीयु जमर्नीको सबैभन्दा ठूलो पार्टी हो । यसअघि पार्टीको लिडरसमेत रहेकी मर्केलले सेप्टेम्बरमा पद छोड्दा नयाँ चान्सलर चुनिने छन् । यद्यपि पार्टीको लिडर बने पनि अर्मिन नै चान्सलर बन्नका लागि अझैं कठिन बाटो रहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ