arrow

जम्मु-काश्‍मीरको स्वास्थ्य सेवा भारत सरकारको प्राथमिकतामा

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
jammu-kashmir-laddakh.jpeg

काठमाडौं । काश्मीरमा कोभिड-१९ परीक्षण सुविधा वृद्धि गर्न जम्मु काश्‍मीर प्रशासनले हालै अनन्तनागको सरकारी मेडिकल कलेजमा नयाँ आणविक जीव विज्ञान प्रयोगशालाको उद्घाटन गरेको छ । संघीय क्षेत्रका चार जिल्लाका बिरामीहरूका लागि सरकारी प्रयोगशालामा ठूलो स्तरमा परीक्षण गर्न प्रयोगशाला सफल हुने बताइएको छ । प्रयोगशालाका सह प्राध्यापक डा. शाजिया बेनजीरले अनन्तनागमा मोलिक्युलर प्रयोगशालाको उद्घाटन गरिएको र यसले महामारीबीच मानिसहरूलाई ठूलो सहयोग पुर्‍याएको बताएकी छिन् ।

"भर्खरै कोभिड-१९ संकटबाट मुक्त गराउनका लागि आणविक प्रयोगशालाको उद्घाटन गरिएको हो । यसभन्दा पहिले दक्षिण काश्मीरको कोरोना भाइरससम्बन्धी नमूना लिन हामी श्रीनगरमा डाटा पठाउँदै आएका थियौं । अब यहि प्रयोगशालाबाट थप सेवा दिन सकिने भएको छ," डा. बेनजीरले एएनआईलाई बताइन् ।

डा. बेनजीरले अनन्तनाग ल्याबले अहिले दक्षिण कश्मीरका सबै नमूनाहरू परिक्षण गर्दै गरेको बताइन् । "अब हामी कुलगाम, शोपियां, र पुलवामाका जस्ता दक्षिण काश्मीरका सबै नमुनाहरू परिक्षण गर्न सक्छौ । ती सबै नमूनाहरू २४ देखि ४८ घण्टा भित्र रिपोर्ट दिन्छौं । जनताले तत्काल सुविधा लिन सक्दछन्," उनले भनिन् । 

एसोसिएट प्रोफेसर र ल्याबका इन्चार्ज डा. रुबेना हजकले भने, "जनताले श्रीनगरमा टेस्ट लिनुपरेको थियो । अब उनीहरु यहाँ टेस्ट गर्न सक्दछन् । हामी लगभग चार जिल्लाहरुलाई समेट्छौ । परीक्षण गराउनका लागि श्रीनगर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।"

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार काश्‍मीरमा तीन हजार १६ सक्रिय कोरोना संक्रमितहरु रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ