arrow

टाटा मोटर्सको स्वावलम्बी अभियान सार्वजनिक

विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
tata-motors-self-reliance.jpg

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ। यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिदमा बिना धितो ६ प्रतिशत भन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाईनान्स सुबिधा प्राप्त गर्न सक्नेछन्। साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईने कम्पनीले जनाएको छ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पर्‍याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको छ।

जस अन्तर्गत कम्पनीले युवा जनशक्ति मार्फत व्यवसाय र रोजगारीको सिर्जना गरी आर्थिक सम्बृद्धी हासिल हुने विश्वास लिएको छ।

यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नेछन्।

साथै घर बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ