- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अफगानिस्तानमा सर्वोच्च अदालतका दुई जना महिला न्यायाधीशको हत्या भएको छ । उनीहरको राजधानी काबुलमा गोली हानी हत्या भएको हो ।
कार्यालय जाने क्रममा बन्दुकधारीहरुले ती न्यायाधीशहरुलाई निशाना बनाएको बताइएको छ । आक्रमणमा परी ती न्यायाधीशहरुका सवारी चालक भने घाइते भएका छन् ।
उक्त घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।
आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरुको भूमिका रहेको हुनसक्ने आशंका गरिएको बीबीसीले लेखेको छ ।