arrow

भारतमा कोरोनाको भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीको संदिग्ध मृत्यु 

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
corona-vaccine3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका एक स्वास्थ्यकर्मीको ज्यान गएको छ । उत्तर प्रदेशको जनपद मुरादाबादमा स्वास्थ्यकर्मीको संदिग्ध मृत्यु भएको हो । 

जिल्ला अस्पतालमा वार्ड व्याइका जागिरे ४८ वर्षीय महिपाल सिंहको मृत्यु भएको हो । योसँगै स्वास्थ्य विभागमा हंगामा मच्चिएको छ । १६ जनवरीमा उनले कोभिडको भ्याक्सिन लगाएका थिए । 

शनिबार भ्याक्सिन लगाएका महिपालको आइतबार स्वास्थ्य बिग्रिएपछि अस्पताल लगिएको थियो । तर उनको ज्यान बचाउन सकिएन । 

मुरादाबादका मुख्य चिकित्सा अधिकारी सीएमओले भ्याक्सिनको कुनै रियाक्सन भने नदेखिएको बताएको आजतकले लेखेको छ । मृत्युको कारण खोज्ने प्रयास भइरहेको छ । शव पोष्टमार्टम गराइँदैछ । 

यसैबीच भारतमा लगाइएको कोरोना भ्याक्सिनबाट हालसम्म ४ सय ४७ जनामा साइड इफेक्ट देखिएको छ। उनीहरुलाई हल्का ज्वरो र टाउको तथा जिउ दुख्ने समस्या देखिएको जनाइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी १६ र १७ जनवरीमा दिइएको खोपबाट ४ सय ४७ जनामा एइएफआई (एडभर्स इभेन्ट फलोइङ इम्युनाइजेशन) देखिएको जानकारी दिएको हो । ३ जनालाई भने अस्पताल भर्ना गरिएको छ। 

दुई दिनमा २ लाख २४ हजार जनालाई खोप दिइएको केन्द्रीय स्वास्थ्य सचिव डा. मनोहर अगनानीले बताए।  

अपडेटः मुख्य चिकित्सा अधिकारी (सीएमओ) ले महिपालको मृत्यु हृदयाघातका कारण भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ