arrow

दाँत माझेर, योग गरेर विरोध जनाउँदै आएको विवेकशील घडी देखाउँदै आयो विरोधमा

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
Bibeksheel-watch.jpg

काठमाडौं। विवेकशील पार्टीले आज माइतीघर मण्डलमा घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ । 'यो समय शक्ति दुरुपयोग गर्दै देशलाई अफ्ट्यारो परिस्थितिमा धकेल्नुको साटो नागरिकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने समय हो, त्यसैले कुमतिमा नलाग्न सरकारलाई अनुरोध छ' भन्दै विवेकशीलले प्रदर्शन गरेको हो।

अधिनायकवाद विरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गर्दै आएको छ। प्रदर्शनको २८ औं दिन घडी बोकेर प्रदर्शन गरेको विवेकशीलले यसअघी जथाभावी थुक्ने प्रधानमन्त्रीलाई व्यंग्य गर्दै दाँत माझेर विरोध गरेको थियो। कहिले योगा गरेर विरोध प्रदर्शन गर्ने, कहिले कपाल कोरेर विरोध प्रदर्शन गर्दै आएको विवेकशीलले सोमवार माइतीघर मण्डलमा पहिलो चरणको अन्तिम प्रदर्शन गर्ने जनाएको छ।

पार्टीभित्र र बाहिर छलफल गरी अधिनायकवाद विरुद्धको थप कार्यक्रम अगाडि बढाउने पार्टीकी नेत्र संगिता बाटाजुले जानकारी गराइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ