arrow

संविधान बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो : बाबुराम भट्टराई

‘देशको नेतृत्व गर्न कांग्रेसले चुनाव कुर्नु पर्दैन’

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
baburam3.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले  संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन ।

सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा डा.भट्टराईले संविधानमाथी भएको प्रहारलाई जोगाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका हुन ।

‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्था भन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्छ,‘ डा भट्टराईले भने ।

कांग्रेस आन्दोलन कि निर्वाचन भन्नेमा अलमलमा रहेको भन्दै उनले कांग्रेसले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने र संसद पुर्नस्थापना हुँदै गर्दा कांग्रेसले नै देशको नेतृत्व गर्न सक्ने बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले बाम खोल ओडेर चरम सामन्तवादतर्फ अग्रसर भएको र उनी नव फाँसिवादको अभ्यास गर्दै अघि बढेको समेत जिकिर गरे ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले सबैलाई आफूले सेटिङमा राखेको भन्दै प्रधानमन्त्रीबाटै अभिव्यक्ति आउनु खेदजनक रहेको र त्यसले अदालतमाथिको विश्वसनियतामाथि समेत प्रश्न उठ्ने अवस्था आएको बताए । अदालतमाथि समेत अहिले परीक्षाको समय आएको उनले भनेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ