arrow

लुटेरी बेहुली

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
fraud-bride.JPG

काठमाडौं । एक बेहुली जसले हुनेवाला श्रीमानको पैसा लुटेर भागिन् भन्ने पढ्दा कस्तो लाग्ला । भारतको लखनउमा त्यस्तै भएको छ । एक लुटेरी बेहुलीले विवाह हुनुअघि हुनेवाला बेहुलाको लाखौं रुपैयाँ खर्च गराएर फरार भएकी छिन् । 

गत १६ डिसेम्बरमा एक युवकको विवाह हुनुपर्ने थियो । तर बिहेको फेरो लाग्नुअघि नै बेहुलीले बेहुलाको सम्पत्ति लुटेर भागेकी छिन् । 

मनोज अग्रवाल नामका ती युवकको मेट्रोमोनियल वेबसाइट जीवनसाथी डटकम मार्फत एक युवतीसँग चिनजान भयो । चिनजान बिहेसम्म पुग्यो । 

गत अगष्ट १५ मा मनोजले आफ्नो प्रोफाइल उक्त साइटमा छाडेका थिए । प्रियंका सिंहसँग सम्पर्क जोडिएपछि कुराकानी अगाडि बढ्यो । आफू बिहारकी भएको बताउने प्रियंकाले बाबुआमाको मृत्यु भइसकेको बताएकी थिइन् । 

आन्टीसँग दिल्लीमा रहेर पढिरहेको बताउने सिंहको बिहे तिनै अथित आन्टीमार्फत पक्का भयो । आइएएसको तयारी गरिरहेको भन्दै युवतीले मनोजलाई फसाइन् । 

आइएएसमा चयन हुने बहानामा प्रियंकाले पैसा माग्न सुरु गर्न थालिन् । पढाइका लागि १० हजारदेखि ५० हजार माग्दै गइन् । 

प्रेममा दृष्टि गुमाएका मनोजले भावी पत्नीका लागि भन्दै लगानी गर्दै गए । घर बनाउने तयारी गरिरहेका मनोजले ६ लाख भारु ती युवतीलाई दिए । 

दुवै बीच ६ महिनादेखि ह्वाट्सएपमा कुराकानी हुँदै आएको थियो । तर १६ डिसेम्बरमा बिहे तय हुँदा लखनउ आउने जाने हवाई टिकट पनि मनोजले नै दिए । 

शपिङ मलमा लगेर दुई लाख भारुको शपिङ पनि गराए । अन्ततः हैदराबाद जाने भनी मनोजलाई झुक्याएर युवती फरार भइन् । 

फरार भएपछि प्रियंकाको मात्र हैन उनकी कथित आन्टीको फोन पनि बन्द भएको मनोजले बताए । मनोजले प्रियंकाले दिएका आधार कार्ड, प्यान कार्ड र मतदाता परिचयपत्र पनि नक्कली निस्केको बताए । 

यतिबेला पुलिसले यसको अनुसन्धान गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ