arrow

भारतमा अर्नब गोस्वामी चर्चामा, के हो ह्वाट्सएप च्याट लिक काण्ड ?

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
arnab-goswami.png

काठमाडौं । भारतीय पत्रकार एवं रिपब्लिक टिभिका प्रधानसम्पादक एवं मालिक अर्नब गोस्वामी यतिबेला भारतीय मिडियामा चर्चामा छन्। भारतमात्रै हैन, भारतबाहिर समेत अहिले खासगरी अनर्ब गोस्वामीको ह्वाट्सएप लिक भएको समाचार चर्चामा छ।

केही समय अघि आफ्नो रिपब्लिक टिभिको टीआरपी बढाउन टिआरपी कम्पनीलाई पैंसा दिएको आरोपमा हिरासतमा पुगेका पत्रकार गोस्वामी अहिले जमानतमा छुटेका छन् । तर, यसैबेला उनी र टीआरपी कम्पनी बार्क (ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल)का पूर्व प्रमुख कार्यकारी अधिकृत पार्थो दासगुप्ताबीचको ह्वाट्सएप च्याट मुम्बई प्रहरीले फेला पारेपछि अर्नब चर्चामा रहेका छन्।

पार्थो र अन्य दुई जनालाई पनि टीआरपी घोटालाकै मु्द्दामा प्रहरीले गिरफ्तार गरेको छ । पार्थोकै मोबाइल या गुगल ड्राइभबाट मुम्बई प्रहरीले पार्थो र गोस्वामीबीचको च्याट भेटेको हुनसक्ने अनुमान गरिएको छ। रोचक कुरा के छ भने उक्त च्याट अनुसार पत्रकार गोस्वामीलाई पाकिस्तानको बालकोटमा भारतले गरेको हवाई आक्रमणकाबारेमा पहिले नै जानकारी थियो।

भारत प्रशासित जम्मु कस्मिरको पुलवामा सन् २०१९ को फेब्रुअरी १४ मा पाकिस्तान आधारित आतंककारी हमला भएको थियो। यसको जिम्मा जैस ई मोहम्मद आतंकवादी समुहले लिएको थियो। जसमा ४० भारतीय सैनिकले ज्यान गुमाएका थिए। यसैको बदलामा भारतले बालकोटमा सन् २०१९ को फेब्रुअरी २६ मा हमला गरेको थियो। यति मात्रै हैन्, सोही च्याटमा पत्रकार गोस्वामीले पार्थोलाई सबै मन्त्रीहरु आफ्नो सहयोगी भएको समेत बताएका छन्।

गोस्वामीलाई भारतले जम्मुकश्मिरको बिशेषाधिकार धारा ३७० हटाउने विषयमा समेत पहिले नै थाहा भएको आरोप उनीमाथि लागेको छ। राष्ट्रिय सुरक्षाका यस्ता विशेष सूचनाहरु पत्रकारले पहिले नै थाहा दिएको भन्दै अहिले भारतीय विपक्षीदल एवं प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको विरोध गरिरहेका छन्।



नयाँ