arrow

कोरोना भाइरसः भारतमा सक्रिय संक्रमित एक लाखमा झरे

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
corona-india1.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीका संक्रमित एक लाखको संख्यामा झरेका छन् । गत वर्षको सेप्टेम्बरमा १० लाख २० हजार सक्रिय संक्रमित भएकामा मंगलबार बिहान घटेर १ लाख ९७ हजार ८१८ जना सक्रिय संक्रमित रहेका हुन् । 

सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा ६८ हजार ३९८ जना रहेका छन् । त्यहाँ संक्रमित बढिरहेका छन् । सबैभन्दा बढी पीडित महाराष्ट्रमा हाल ५० हजार ६८० संक्रमित रहेका छन् । तेस्रो बढी सक्रिय संक्रमित उत्तर प्रदेशमा ८ हजार ६३१ जना रहेका छन् । चौथो बढी कर्नाटकमा ८ हजार ३३ जना सक्रिय संक्रमित छन् ।  

सोमबार ९ हजार ९ सय ७२ जना नयाँ संक्रमित थपिँदा १७ हजार ११६ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ रहेको छ । 

निको हुनेको संख्या १ करोड २ लाख २७ हजार ८५२ रहेको छ । सोमबार १३७ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ५२ हजार ५९३ जनाको ज्यान गइसकेको छ । 

भारतले कोरोनाविरुद्धको खोप दिन गत शनिबारदेखि नै थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ