arrow

असमान खोप नीतिले निम्त्यायो चरम नैतिक संकट–डब्ल्यूएचओ 

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
who-president-tedros.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस महामारीको खोप वितरणमा असमान नीतिका कारण चरम नैतिक संकट निम्याएको चेतावनी दिएका छन् । डब्ल्यूएचओ प्रमुख टेड्रोस अडानोम गेबेरियससले धनी राष्ट्रका युवा र स्वस्थ्य मानिसले गरिब राष्ट्रका कमजोर मानिसहरुका अगाडि कोभिडको खोप लिन उचित नभएको बताए । 

उनले धनी देशहरुलाई कोभिड खोपको जोहो गर्नका लागि लाइन नमिच्न पनि आग्रह गरेका छन् । उनले ुमलाई पहिलाु भन्ने शैली आफ्नै निम्तिसमेत हानिकारक हुने बताएको बीबीसीले लेखेको छ । 

उनले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । 

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ। उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको बताए । 

सोमबार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । अनि यसको मूल्य विश्वका गरिब देशहरुका मानिसहरुले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।’

आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, ‘अन्ततस् यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशहरुले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, बेलायत तथा केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन् ।

हालसम्म १८० देशहरु कोभ्याक्समा सामेल भएका छन् । यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरुका निम्ति दाताहरुले खोपको पैसा तिरिदिनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ