arrow

पाकिस्तानको एन्टी करप्सन एजेन्सीलाई विपक्षी विरुद्ध प्रयोग गरेकोमा आलोचना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ६ मंगलबार
pakistan-flag.jpg

इस्लामावाद । पाकिस्तान सरकारसँग मिलेर भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको संस्थाले भ्रष्टाचारलाई बढावा दिएको आरोप लागिरहेको समयमा संसद्को विशेष समयमा विपक्षी पार्टीका नेताहरुले चर्को आलोचना गरेका छन् ।

विपक्षी दलहरूले राष्ट्रिय जवाफदेही ब्यूरो एनएबीका गतिविधिहरु पारदर्शी र जवाफदेही नभएको उल्लेख गर्दै निन्दा र आलोचना गरेका हुन् । विपक्षी दलका नेताहरुले एकपक्षीय जवाफदेहितालाई अस्वीकार गर्दै सरकारले विपक्षीमाथि हतियारको रुपमा एनएबीको प्रयोग गरिरहेको आरोप लगाएका छन् । 

यसभन्दा अघि विपक्षीहरूले एनएबीविरुद्ध मानव अधिकार उल्लंघन, हिरासतमा मृत्यु र पाकिस्तान लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्न इमरान खानको सरकारलाई सघाएको आरोप लगाएका थिए । 

संघीय सरकारले एनएबी अध्यक्षको 'अनैतिक अडियो र भिडियो क्लिपहरू' चुहावट भएपछि उनलाई ब्ल्याकमेल गरिरहेको आरोप लगाउँदै विपक्षी सांसदहरुले उनी “ह्वाट्सएपमार्फत प्राप्त गर्ने सबै आदेशहरू पालन गर्न बाध्य” भएको बताएका छन् । 

'विपक्षीलाई सताउन सरकारले एनएबीलाई आफ्नो हतियारको रुपमा प्रयोग गरिरहेको छ । यसैकारण मौलाना फजलुर रहमानले आफू ब्यूरोमा उपस्थित नहुने बताएका छन्,' जमात उलेमा-ए-इस्लाम एफ (जेयूआई एफ) का नेता मौलाना अब्दुल गफूर हैदरीले भने ।

“सेनाको पछाडि लुक्दै र लगातार झूट बोलेर तपाईं सरकार चलाउन सक्नुहुन्‍न । राजनीतिमा घिसार्दै सेनालाई किन बदनाम गर्नुहुन्छ ?,' उनले प्रश्‍न गरे । पाकिस्तानी मुस्लिम लीग नवाज (पीएमएल एन) का सांसद जावेद अब्बासीले एनएबीलाई पाकिस्तान तहरीक ए इन्साफ “(पीटीआई) शाखामा परिणत गरिएको बताएका छन् ।

'सर्वोच्च अदालतका धेरै फैसलाहरू छन् । जसले राजनीतिक इन्जिनियरिङमा एनएबीको भूमिकालाई प्रकाश पार्छ र राजनीतिज्ञहरूलाई उनीहरूको वफादारी बदल्न बाध्य पार्छ,' उनले थपे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ