arrow

म्याक ल्युब्रिकेन्ट म्याक परिवार कार्यक्रम उद्घाटन

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
sipradi-mak-pariwar.jpg

काठमाडौं। भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र ग्यालेक्सी अटो प्रालिको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुलाई एउटै परिवारमा बाधेर बिभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ। जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक ईन्स्योरेन्स्, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन्।

यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर-बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन्।

उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फवाट म्याक ल्युब्रिकेन्टस्का क्षेत्रीय प्रवन्धक राजिव कुमार, कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्रालिका डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ तथा ग्यालेक्सी अटोका तर्फवाट बिभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ