arrow

अमेरिकी राष्ट्रपतिबारे केही रोचक तथ्य

अब्राहम लिंकनले आफ्नो टोपीमा चिठी एवं कागजात राख्ने पनि गर्थे

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
american-president1.jpg

काठमाडौं। अमेरिकाले आज (बुधबार) नयाँ राष्ट्रपति पाउने दिन हो । डोनाल्ड ट्रम्पलाई पराजित गरेर डेमोक्र्याट पार्टीका जो बाईडेनले अमेरिकी राष्ट्रपतिको सपथ लिंदैछन्। अमेरिकी ईतिहासमा राष्ट्रपतिहरुसंग जोडिएका केहि रोचक तथ्यहरु रहेका छन्।

किन जनवरी २० मै राष्ट्रपति रुपान्तरण हुन्छ ?
सन् १९३७ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेंकलिन डी. रुजवेल्टको पालामा अमेरिकी कानुनको धारा २० ले राष्ट्रपतिले कार्यालय सम्हाल्ने समय मार्च ४ बाट घटाएर जनवरी २० मा झारेको हो ।
त्यसयताका सबै राष्ट्रपति जनवरी २० मै कार्यभार सम्हाल्छन् । त्यसअघि मार्चमा कार्यभार सम्हाल्थे ।

रोचक तथ्य
• जर्ज वासिंगटनमात्रै सर्वसम्मतिले पारित अमेरिकी राष्ट्रपति हुन् । यसको अर्थ सबै प्रतिनिधिहरुले उनको पक्षमा भोट गरेका थिए ।
• जोन एडम्स र थोमस जेफेरसनको एकै दिन अर्थात सन् १८२६ को जुलाई ४ (जुन अमेरिकी राष्ट्रिय स्वतन्त्रता दिवस पनि हो) मा निधन भएको थियो ।
• जेम्स मैडिसन र जर्ज वाशिंटन मात्रै अमेरिकी संविधानमा हस्ताक्षर गर्ने राष्ट्रपति हुन् ।
• जेम्स मैडिसन सबैभन्दा होचा (५ फिट ४ ईन्चका) राष्ट्रपति हुन् भने अब्राहम लिंकन सबैभन्दा अग्ला (६ फित ४ ईन्च)का राष्ट्रपति हुन् ।
• जेम्स मुनरो राष्ट्रिय स्वतन्त्रता दिवसकै दिन निधन हुने तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।
• अब्राहम लिंकनको हत्या भएकै दिन्, उनले आफ्ना अंगरक्षकलाई आफ्नो हत्याको सपना देखेको बताएका थिए ।
• अब्राहम लिंकनले आफ्नो टोपीमा चिठी एवं कागजात राख्ने पनि गर्थे ।
• ३२ औं फ्रेंकलिन डी. रुजवेल्टले ५वर्षको उमेरमा २२ औं राष्ट्रपति ग्रोवर क्लीभल्याण्डलाई भेटेका थिए । ग्रोवर क्लीभल्याण्डले रुजवेल्टलाई राष्ट्रपति नहुन् भन्ने प्रार्थना गरेका थिए ।
• फ्रेंकलिन रुजवेल्ट टेलिभिजनबाट सम्बोधन गर्ने पहिलो राष्ट्रपति हुन् ।
• थिओडोर रुजवेल्ट ४२ वर्ष १० महिना १८ दिनमा राष्ट्रपति हुने अमेरिकाको सबैभन्दा कान्छो राष्ट्रपति हुन् । जोय बाइडेन सबैभन्दा जेठा राष्ट्रपति बनेका छन् । यसअघि रोनाल्ड रेगन थिए ।
• थिओडोर रुजवेल्ट बायाँ आखाका अन्धा थिए । उनी अन्धा राष्ट्रपति भनेर पनि चिनिन्छन् ।
• वाशिंटन डिसीमा दफनाइएका एक मात्र राष्ट्रपति वुड्रो विल्सन हुन् ।
• राष्ट्रपति एन्ड्र्यु ज्याकसनलाई हत्या गर्न खोज्दा एक गोली लागेपछि उनले आफुलाई मार्न खोज्नेलाई नै गोली चलाएर मारेका थिए । निकाल्न मिल्ने नहुँदा उनको छातिमा लागेको बुलेट ४० वर्षसम्म शरिरमै रहेको थियो ।
• एमबीए गरेका एकमात्र राष्ट्रपति जर्ज डब्ल्यु बुस हुन् ।
• बाराक ओबमाले जमर्नी अर्वाड २००६ जितेका थिए ।
• राष्ट्रपति जोन टाइलरका १५ सन्तान थिए ।
• जेम्स के. पोल्क कार्यलयमा हुँदाको फोटो खिच्न पाउँने पहिलो राष्ट्रपति हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ