arrow

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको शपथ लिंदा भनिने छ-‘त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान..'

logo
प्रकाशित २०७७ माघ ७ बुधबार
kamala2.jpg

काठमाडौं । अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा पद तथा गोपनियताको शपथग्रहण लिंदा दुई वटा बाइबल छोएर कसम खाने चलन छ ।

तर शपथ लिंदा के शब्द उच्चारण गरिनेछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । राष्ट्रपति र उपराष्ट्रपतिले बोलिने बाक्यमा थोरै फरक हुन्छ । तर अन्तिममा ‘त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’भन्ने गरिन्छ ।

सपथग्रहणमा राष्ट्रपतिले भन्नेछन् - ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु ।त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहणमा उपराष्ट्रपतिले भन्नेछन्  -‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ