arrow

चीनको सेमिकण्डक्टर प्रविधि स्थानान्तरणमा नियन्त्रण गर्न अमेरिकालाई फ्रान्सेली थिंक ट्यांकको आग्रह 

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ ८ बिहिबार
china-US-trade-war.jpg

पेरिस । एक फ्रान्सेली थिंक ट्यांकले बिहीबार अमेरिकालाई सेमीकण्डक्टर टेक्नोलोजी ट्रान्सफरमा प्रतिबन्ध लगाउन अमेरिकालाई आग्रह गरेको छ । चीनविरुद्धको संयुक्त मोर्चाको नेतृत्व गर्न पनि अमेरिकालाई सो फ्रान्सेली थिंक ट्यांकले आग्रह गरेको हो । 

“सेमिकण्डक्टर टेक्नोलोजीको सैन्य प्रयोग पूर्वी एसियाको शान्तिका दृष्टिकोणबाट गम्भीर समस्या हो,” पेरिसस्थित सार्वजनिक नीति थिंक ट्यांक इन्स्टिच्युटले भनेको छ । 

'चीनसँगको प्रविधि अन्तर कायम राख्नु अन्तर्राष्ट्रिय सुरक्षाको हितमा रहेको भन्‍ने सम्बन्धमा सहयोगी देशहरुमा साझा मान्यता हुनुपर्दछ,' इन्स्टिचटमा एसिया कार्यक्रमका निर्देशक मथियु दुचालले लेखेका प्रतिवेदनले भनिएको छ ।

चे प्यानले साउथ चाइना मर्निङ पोस्टमा ईयूले आफ्नो रणनीतिक स्थिति सुधार गर्न र एसिया प्रशान्तको भविष्यको विकासका लागि ध्यान दिन बाध्य पारिएको बताएका छन् । नीतिका सिफारिसहरूमा पश्चिमी देशहरूबीच साझा चिन्ताको विषय भएको सेमिकण्डक्टर टेक्नोलोजीलाई हतियार प्रणालीको लागि उपयोग गर्न सकिने बताइएको छ। 

उक्त प्रतिवेदनका सिफारिसहरूमा एक महत्वपूर्ण मोड आएको बताइएको छ । जब ईयूले आफ्नो रणनीतिक स्थिति सुधार गर्न र भविष्यको विकासका लागि एशिया प्रशान्ततिर ध्यान केन्द्रित गर्न बाध्य पारिएको छ । विशेषगरि यस क्षेत्रमा अमेरिकाको अडान, अमेरीकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडको सन्दर्भमा गरेको व्यवहार एवं त्यसपछि उत्पन्न संकट र अमेरिकी क्यापिटलमा दंगा फैलाइएपछि नयाँ महाभियोगको परीक्षण भइरहेको छ ।

युरोपले पनि यसको प्राविधिक क्षेत्रमा वैदेशिक लगानीको स्क्रीनिंगलाई सुदृढ पार्नुपर्ने र माइक्रोइलेक्ट्रोनिक्सको क्षेत्रमा चीनसँग अनुसन्धान र सहयोगलाई व्यापक बनाउनु पर्ने चे प्यानले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ