arrow

ट्रम्पले बाइडेनलाई ‘न्यूक्लियर पावर कोड’ नदिई गए, इतिहासमा पहिलो पटक भयो यस्तो

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
trump-biden2.jpg

काठमाडौं । राष्ट्रपतिय निर्वाचनमा जो बाइडेनसँगको हार स्वीकार नगरेका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिलाई शक्ति हस्तान्तरण नै नगरी ह्वाइटहाउस छाडेका छन् । हरेक ४ वर्षमा अमेरिकामा जनवरी २० मा महत्वपूर्ण कदम हुने गर्छ । पुराना राष्ट्रपतिले छाड्ने र नयाँले सपथ लिने काम एकै पटक हुने गर्छ । यो निकै ठूलो ट्रान्सफर हो । 

विश्वकै सबैभन्दा शक्तिशाली हुने राष्ट्रपतिको त्यो कुर्सीमा जिम्मेवारी पनि धेरै नै हुने गर्छ । तर ट्रम्पले आफूले छाड्दा दिनुपर्ने कुनै पनि ‘न्यूक्लियर पावर कोड’ ह्वाइट हाउस छाडेका छन् । 

उक्त न्यूक्लियर पावर कोड कालो ब्रिफकेसमा परमाणु हमलाको कोड हुने गर्दछ । राष्ट्रपतिले पेन्टागनलाई न्यूक्लियर हमलाको आदेश दिन सक्छन् । यो कोड राष्ट्रपतिबाट बाहिरिँदैन । 

एक राष्ट्रपतिले छाडेर नयाँ राष्ट्रपति आउँदा सो क्रममा नयाँ राष्ट्रपतिमा उक्त कोड जाने गर्दछ । यसपटक त्यस्तो हुन पाएन । ट्रम्प बाइडेनको सपथ ग्रहणमा नगएपछि पहिलो पटक अमेरिकी इतिहासमा कोड ट्रान्सफर हुन पाएन । 

ट्रम्प बुधबार बिहानै ह्वाइटहाउस छाडेर फ्लोरिडा गएका थिए । उनीसँगै न्यूक्लियर कोड पनि सँगै गयो । मध्यान्ह १२ बजे जब बाइडेनले सपथ लिए तब स्वतः उक्त न्यूक्लियर पावर कोड पनि निष्क्रिय भयो क्रेडिट कार्ड जसरी । 

बाइडेनका लागि वासिङ्टन डीसीबाट न्यूक्लियर लन्च कोडको दोस्रो सेट आयो । जसलाई अमेरिकी सैन्य प्रमुखले बाइडेनलाई ट्रान्सफर गरे । 

यो कानुन बनेपछि सात दशकमा पहिलो पटक राष्ट्रपतिले नभई सैन्य प्रमुखले नयाँ राष्ट्रपतिलाई न्यूक्लियर लन्च कोड दिएका हुन् । स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक स्टक सागनका अनुसार यो पूर्णरुपले गलत भएको छ ।

उनका अनुसार ट्रम्पसँग भएको न्यूक्लियर लन्च कोड एक्सपायर हुनुमा कुनै तुक हुनु भन्दा पनि ट्रम्पले बाइडेनलाई दिएर जानु पर्ने थियो । (एजेन्सी) 

   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ