arrow

कोरोना भाइरसः एकैदिन गयो १७ हजार तीन सयको ज्यान

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
corona-killed-india.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट बुधबार १७ हजार तीन सयको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ४ हजार ३७४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभर कोरोनाबाट २० लाख ८१ हजार भन्दा बढीको ज्यान गइसकेको छ । 

अमेरिकामा मात्रै ४ लाख १५ हजार ८९४ जनाको ज्यान गइसकेको छ । बुधबार बेलायतमा १ हजार ८२० जनाको ज्यान गएको छ । ब्रजिलमा १ हजार ३८२ को ज्यान गएको छ । त्यस्तै मेक्सिकोमा १ हजार ५८४ जनाको ज्यान गएको छ । 

त्यस्तै दक्षिण अफ्रिकामा ५६६, रुसमा ५९७ र भारतमा १५२ जनाको ज्यान गएको छ । 

विश्वभर ९ करोड ७३ लाख ९ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म ९ करोड ९८ लाख ५० हजार भन्दा बढीलाई निको भएको छ । 

हाल १ लाख १२ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ