arrow

खोप उत्पादन गरिरहेको भारतको सेरम इन्सिट्युटमा आगलागी

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
Serum-fire.jpg

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी अर्थात भारतको सेरम इन्सिट्युट अफ इन्डियाको नयाँ निमार्ण भइरहेको ठाउँमा आगलागी भएको छ ।भविष्यमा बढी मात्रामा खोप उत्पादन गर्ने उद्देश्यले क्षमता बढाउन बनाइरहेको नयाँ भवन क्षेत्रमा आगलागी भएको हो । 

आगलागीले खोप उत्पादनमा कुनै असर नपुर्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कम्पनी भारतको पुणेमा एक सय एक्कड क्षेत्रफल फैलिएको छ ।

आगलागी क्षेत्र खोप उत्पादन भइरहेको क्षेत्रभन्दा केही मिनेटको दुरीमा रहेको छ । नयाँ निमार्ण भइरहेको क्षेत्रमा नौ वटा भवन बनाइँदैछ ।

आगलागीबाट कति क्षती भयोभन्ने जानकारी आउँन बाँकी छ । अहिले आगलागी निन्त्रण भइरहेको अवस्थामा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ