arrow

मेषलाई शुक्रबारको समय भरपर्दो, कसलाई कस्तो ? 

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ माघ ९ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग
आज मिति २०७७ माघ ९ गते शुक्रबार, इस्वीसंवत जनवरी २२ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज पौषशुक्लपक्षको नवमी तिथि रहनेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा तैतिल, आनन्दादि योगमा मुद्गर रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २६ घटि ३६ पला अर्थात १० घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५७ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३५ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।

वृषः वृष राशि भएकाहरूका लागि आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

मिथुनः आज मिथुन राशि भएकाहरूका लागि आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।

कर्कटः आज कर्कट राशिका लागि आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

सिंहः आज सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज स्वास्थ्यमा खास कुनै गड्वडी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज स्वास्थ्यमा त्यति खरावी रहने छैन । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज  विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

धनुः धनु राशिका लागि आज पनि एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।

मकरः मकर राशि भएकाहरूका लागि आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।

कुम्भः कुम्भ राशिका लागि आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने बिग्रने सम्भावना रहनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराव छ । आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण तपार्इंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात आज स्वास्थ्य त्यति भरोसाको रहनेछैन । खानामा गडबडी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

साइतः आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाई विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५४ बजेदेखि         ८ः१४ बजेसम्म        चर बेला
बिहान ८ः१४ बजेदेखि         ९ः३४ बजेसम्म        लाभ बेला
बिहान ९ः३४ बजेदेखि         १०ः५५ बजेसम्म        अमृत बेला
बिहान १०ः५५ बजेदेखि        १२ः१५ बजेसम्म        काल बेला
बिहान १२ः१५ बजेदेखि        १ः३५ बजेसम्म        शुभ बेला
दिनमा १ः३५ बजेदेखि         २ः५५ बजेसम्म        रोग बेला
दिनमा २ः५५ बजेदेखि          ४ः१५ बजेसम्म        उद्धेग बेला       
दिउँसो ४ः१५ बजेदेखि           ५ः३५ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ