arrow

श्रीगणेशको प्रिय एवं हनुमान जयन्तीका दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
rashifal-horoscope-blue_1618014935.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ वैशाख ११ गते मंगलबार, इस्वीसंवत अप्रिल २३ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको पूर्णिमा तिथि रातिमा ४ः५१ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा चित्रा रातिमा १०ः२४ बजेसम्म त्यसपछि स्वाति लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ५८ घटि ३२ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा बिहान ९ बजेसम्म त्यसपछि तुला राशिमा प्रवेश गर्नेछन् । आज दिनमान ३२ घटि २८ पला अर्थात १३ घण्टा ०१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः३३ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः३३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ६ः०५ बजे र अस्ताउने समय राति ४ः५७ बजे रहेको छ । आज लोकतन्त्र दिवस, हनुमान जयन्ती, विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस रहेको छ ।

आजको राशिफल

मेष : आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने हुनाले रोकिएर रहेको महत्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवं उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेशागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ ।

वृष : आजको दिन केही अदृश्य रोकावटको बाबजुत पनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्न सक्ने छ भने केही प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ ।

मिथुन : आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ ।

कर्कट : आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइ जोशमा आएर कुनै पनि विषयको आसक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्नपनि सक्नेछ ख्याल पुर्याउनु होला । पारिवारिक वा प्रेमसम्बन्धमा पनि केही वितृष्णा पैदा हुन सक्ने छ । हतोत्साहित नभइ आफ्नो कार्यमा लगनशीलतापूर्वक लागिरहनाले अन्तिममा केही लाभ हातपार्न सकिनेछ ।

सिंह : आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । समयको राम्रोसँग सदुपयोग गरेको खण्डमा जाँच एवम् परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी भइने दिन परेको छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह कुरा चल्नसक्ने छ । समर्थन तथा सहयोग गर्ने इष्टजनहरु पनि मिल्ने छन् । आज महत्त्वपूर्ण काम बन्नसक्ने सम्भावान छ ।

कन्या : आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । विशेष गरी कामकार्यमा विपरितलिङ्गीबाट असहयोग हुन सक्नेछ । तथापि राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट केही लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आड भरोषाजन्य आश्वासन मिल्नसक्ने छ ।

तुला : आजको दिन कमजोरी खोज्नेहरु सक्रिय देखिने छन् । आफूभन्दा माथिल्लो निकायलाई सिकाय पुग्ने हुनाले काम क्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ । केही असफल चक्रब्यूहको शिकार भइनसक्ने छ तर, आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्त्वा परिणाम आफ्नो पक्षमा ल्याउनसकिने छ । धार्मिक चिन्तन र सदाचरणको अभ्यासले जयतर्फ लैजाने छ । व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुनसक्ने छ ।

वृश्चिक : आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ ।

धनु : आजको दिन भौतिक सुखकर रहनेछ, तथापि खोजेकै भौतिक उपलब्धि हुनको लागि ग्रहको अबरोध पनि देखिएको छ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा केही सम्झौताले सुधार ल्याउनसकिने छ । कसैकसैमा आकस्मिक आक्रोश पैदा हुनसक्ने वा कपट प्रेमको फन्दामा फस्नसकिने समेत सम्भावना देखिएको छ । बुद्धिविवेक पुर्याएर होसियारी अवलम्बन अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । 

मकर : आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख देखिए पनि विशेष मानिएको कार्यमा गन्तव्यचुम्न संघर्ष देखिएको छ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता बढ्दा बढ्दै पनि सोचेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्रालाई पनि गोचरले प्रोत्साहन गरेको छ, मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा केही सकारात्मक परिणाम हातपार्न सकिने छ ।

कुम्भ : आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहन सक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्न सकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततिको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रेमी तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ ।

मीन : आजको दिन बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । कसैसँग मनोमालिन्य हुनसक्ने तथा मनमा संकोच बढ्नसक्ने सम्भावना छ । कामकार्यमा पनि अबरोध एवम् प्रतिकूलताको ग्रह लक्षण रहेकोले अल्लि बढी यत्न गर्नुपर्ने तथा बुद्धि पुर्याउन पर्ने जरुरी हुनेछ । स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना छ । 

साइत : साइतः सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३२ बजेदेखि     ७ः०९ बजेसम्म   रोग बेला
बिहान ७ः०९ बजेदेखि    ८ः४७ बजेसम्म    उद्धेग बेला
बिहान ८ः४७ बजेदेखि    १०ः२४ बजेसम्म   चर बेला
बिहान १०ः२४ बजेदेखि    १२ः०२ बजेसम्म  लाभ बेला
मध्यान्ह १२ः०२ बजेदेखि    १ः३९ बजेसम्म   अमृत बेला
दिनमा १ः३९ बजेदेखि    ३ः१७ बजेसम्म     काल बेला
दिनमा ३ः१७ बजेदेखि    ४ः५४ बजेसम्म     शुभ बेला
दिनमा ४ः५४ बजेदेखि    ६ः३२ बजेसम्म    रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३२ बजेदेखि    ७ः५४ बजेसम्म   उद्धेग बेला
साँझ ७ः५४ बजेदेखि    ९ः१७ बजेसम्म    चर बेला
राति ९ः१७ बजेदेखि    १०ः३९ बजेसम्म    लाभ बेला
राति १०ः३९ बजेदेखि    १२ः०१ बजेसम्म   अमृत बेला
राति १२ः०१ बजेदेखि    १ः२४ बजेसम्म    काल बेला
राति १ः२४ बजेदेखि     २ः४६ बजेसम्म    शुभ बेला
रातिमा २ः४६ बजेदेखि   ४ः०९ बजेसम्म   रोग बेला
बिहानमा ४ः०९ बजेदेखि   ५ः३१ बजेसम्म  उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ