arrow

कर्नाटकमा डाइनामाइट विष्फोट, कम्तीमा आठ जनाको गयो ज्यान

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
bisfot-karnatak.jpg

काठमाडौं । भारतस्थित कर्नाटकको शिमोगा जिल्लामा भएको डाइनामाइट विष्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ । विष्फोटका कारण कयौं घरको शिशा फुटेको छ । बिहीबार राति भएको विष्फोटबाट अहिलेसम्म आठ जनाको शव बरामद भएको स्थानीय पुलिसले बताएको छ । 

शिमोगा जिल्लाका जिल्लाधिकारी शिवकुमारका अनुसार उक्त क्षेत्रमा घेराबन्दी गरिएको छ । घटना शिमोगा शहरदेखि ५–६ किलोमिटर टाढा भएको थियो । 

यो कुराको अझै खुलासा हुन सकेको छैन कि विष्फोट ट्रकमा भएको थियो कि ट्रकको छेउँमा । घटना स्थानीय समयअनुसार राति १०ः१५ बजेको हो । 

विष्फोट निकै भयानक भएर कम्पन समेत भएकाले भूकम्पको अडकलसमेत लगाइएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ