arrow

चीनको मामिलामा बाइडेनले गरे ट्रम्पकै नीतिको समर्थन

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
trump-biden2.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै नीतिहरु परिवर्तन गरे पनि चीनको मामिलामा भने तत्काल पूरानै नीति अँगाल्ने देखिएको छ ।बाइडेन प्रशासनले चीनसँगको वार्ता तरिका परिवर्तन गरे पनि नीतिहरुमा तत्काल कुनै बदलाव नलिने स्ट्यानफोर्ड विश्वविद्यालयका लेक्चरर लान्हे चेनले बताएका छन् ।

बाइडेनको राज्य सचिवमा मनोनित एन्टनी बिलिंकनले चीनले उइघुर मुस्लीममाथि नरसंहार गरिरहेको ट्रम्प प्रशासनको भनाइमा बाइडेन प्रशासन पनि सहमत रहेको बताएका छन् ।यस्तै बाइडेन प्रशासनले ताइवानलाई पनि आफ्नो नियन्त्रणबाट नछोड्ने स्पष्ट देखिएको छ । ताइवानसँग अमेरिकाको आधिकारीक कुटनीतिक सम्बन्ध छैन । 

चीनले ताइवानलाई आफ्नै एक प्रान्त दाबी गर्दै आएको छ । यस्तोमा अमेरिका ताइवानको ठूलो समर्थक र हतियार सप्लायर हो ।बाइडेन प्रशासनमा अमेरिका खुफिया एजेन्सीकी निर्देशक मनोनित एभ्रिस हेनेसले पनि चीनको बढ्दो आक्रमकतालाई टक्कर दिनुपर्ने स्पष्ट पारेकी छन् ।

बाइडेनका सचिव एन्टनी बिलिंकनले ट्रम्पले चीनमाथि कडा कदम चाल्नु उचित रहेको बताएका छन् । तर, ट्रम्पले चीनसँग कडा कदम चाल्ने तरिकामा उचित नभएको उनको भनाइ थियो ।

खुफिया एजेन्सीकी निर्देशक एभ्रिस हेनेसले पनि चीन विवादास्पद र एकाधिकारवादी रहेको बताएकी छन् । यद्यपी दुवैजनाले चीन र अमेरिकाले जलवायु परीवर्तनका क्षेत्रमा भने मिलेर काम गर्नु पर्ने बताएका छन् ।

यस्तै ताइवानको मामिलामा पनि बाइडेनका सचिवले चीनले कब्जा गर्न खोजे यो ठूलो गल्ती हुने बताएका छन् ।

त्यस्तै चीनले मानवअधिकार उल्लंघन गरेको विषयलाई पनि बाइडेनका सचिवले समर्थन गरेका छन् । चीनको सिन्जियांगमा चीनले अल्पसंख्यक उइघुर मुस्लीम समुदायका नागरिकको श्रम शोषण गरेको छ ।

यसरी श्रमशोषण गरेर उत्पादन गरेको समान आयात नगर्ने विषयमा पनि उनी बोलेका छन् । चीनले दशौंलाख उइघुरहरुलाई यातना शिविरमा राखेको कुरामा पनि उनको विरोध छ । यी यावत कुराहरुबाट बाइडेन प्रशासन चीन नीतिका मामिलामा कडा नै रहने देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ