arrow

भारतमा १ लाख ५३ हजार नाघ्यो मृतकको संख्या

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
corona-india-test4.jpg

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस संक्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ५४५ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजार ४२८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८८ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् ।  भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ ।  सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन् ।    

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २२७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भए यता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७७२ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १४ लाख ४८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र  आठ लाख २४२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ