arrow

चार किसान नेता मार्ने तयारी गरेको संदिग्ध पक्राउ

logo
प्रकाशित २०७७ माघ १० शनिबार
india-farmers-killer.jpg

 काठमाडौं । भारतमा किसान नेताहरुलाई मार्ने योजना बनाएको एक संदिग्धलाई किसानहरुले नै पक्राउ गरेका छन् । उनीहरुले सिंघु नाकाबाट उक्त संदिग्धलाई पक्राउ गरेका हुन् । उसले एक पुलिस अधिकारीको नाम लिएर जनवरी २६ मा केही गलत भए मंचमा बसेका चार किसान नेतालाई गोली हान्ने आदेश दिएको पनि बताएको छ । 

भारतमा किसान आन्दोलन जारी रहँदा २६ जनवरीका दिन गणतन्त्र दिवसको अवसर पारेर किसानहरुले ट्रयाक्टर र्याली निकाल्ने प्रयास गरिरहेका छन् । केन्द्र सरकार उक्त र्याली नगर्न आग्रह गरिरहेको छ भने किसान जसरी पनि गर्नेमा लागिरहेका छन् ।
 
यसबीचमा किसानहरुले नै एक संदिग्धलाई पक्राउ गरेका हुन् । पक्राउ परेकाले कथित तरिकाले सोनीपतको राई थानाका एक पुलिस अधिकारीको नाम लिएर २६ जनवरीमा ४ नेतालाई गोली हान्ने आदेश दिएको बताएको छ । 

ती पुलिस अधिकारीले चार नेताको तस्वीरसमेत साझा गरेको जनाइएको छ । किसानले पक्रेको उसलाई मिडिया सामुसमेत पेश गरिएको छ । 

संदिग्धका अनुसार किसानले र्यालीमा हतियार लिएर जाँदैछन् कि छैनन् भनीसमेत पत्ता लगाउन दुई टिम खटाइएको छ । उक्त संदिग्ध व्यक्ति १९ जनवरीदेखि सिंघु सीमामा रहेको बताइएको छ । 

प्रदर्शनकारीहरु २६ तारिखमा परेडसँगै अगाडि बढे भने उनीहरुमाथि फायर गर्न भनिएको समेत संदिग्धले बताएको छ । दिल्ली पुलिसले भने यसबारेमा कुनै खवर नआएको बताएको छ । कुनै गुनासो पनि नआएको बताएको छ । 

पुलिसले किसानले पक्रिएको उक्त संदिग्धलाई आफूहरुलाई दिन आग्रह गरेपछि किसानले दिएका छन् ।  पुलिसले उक्त व्यक्तिमाथि आफूहरुले अनुसन्धान गर्ने जनाएको छ । 

उक्त युवकलाई प्रहरीले अपराध महाशाखामा लगिएको छ । सोधपुछ जारी रहेको छ । पुलिसका अनुसार पक्राउ परेको उक्त संदिग्ध आरोपी योगेशको घर सोनीपत नै हो र ऊ कक्षा ९ फेल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ