arrow

ओलीले घोषणा गरेको मितिमा चुनाव हुँदैन, कांग्रेसले संसद् पुनःस्थापनाकै पक्षमा छ: डा.शंशाक

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७७ माघ १० शनिबार
sasanaka.jpg

महेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा एक इटासमेत नथपी चलिरहेका पुरानै योजनाहरुलाई  निरन्तरता दिएको बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस संसद् पुनःस्थापनाकै पक्षमा रहेको पनि दोहोर्याए ।

ओलीले संविधानमाथि नै कुठाराघात गर्दै जननिर्वाचित संसद् भंग गरेर लोकतन्त्रलाई सखाप पार्न खोजेकाले कांग्रेस ससद पुनःस्थापनाकै पक्षमा रहेको बताए  ।

उनले प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा चुनाव नहुने देखिएपछि कांग्रेसले संसद् पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

“अहिले पनि नेकपा पार्टी बैधानिक  रुपमा फुटेको छैन,” महामन्त्री कोइरालाले भने, “निर्वाचन आयोगले सूर्य चुनाव चिह्न कसलाई आधिकारिक दिन्छ, नपाउने समूह विरोध गर्छ र आदालत जान्छ, यिनै कारणले पनि वैशाखमा चुनाव हुँदैन ।”

कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि सरकारले कुनै योजना अघि नसारेको कोइरालाको भनाइ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ