arrow

प्रदेशसभामा अविश्वासको प्रस्ताव आएपछि विपक्षमा कांग्रेसले भोट हाल्छ : नेता पौडेल 

logo
विवेक मिश्र
प्रकाशित २०७७ माघ १० शनिबार
ramchandar.jpg

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारीको विपक्षमा बस्दै प्रतिपक्षीको धर्म निर्वाह गर्ने  र प्रदेशसभामा अविश्वासको प्रस्ताव आएपछि सत्ताधारीको विपक्षमा कांग्रेसले भोट हाल्ने बताएका छन् ।

शनिबार बिराटनगर स्थित पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा बोल्दै पौडेलले भने, ‘केन्द्र र प्रदेश दुबै ठाउँमा कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्नेमा शंका गर्नु पर्दैन,’ उनले अगाडी भने, ‘प्रदेशसभामा अविश्वासको प्रस्ताव आएपछि सत्ताधारीको विपक्षमा कांग्रेसले भोट हाल्छ ।’

पौडेलले भने कांग्रेसका लागि यतिबेला दोहोरो संकट आएको बताए । ‘देशको संविधान जोगाउनुका साथै पार्टीको महाधिवेशन गरेर विधान जोगाउने चुनौती छ’ उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवा पनि महाधिवेशन गराएर पार्टीको विधान र संविधान जोगाउने पक्षमा रहेको पौडेलको भनाइ थियो । ‘पार्टी सभापति देउवाजीले बाहिर कता के के बोल्नुभयो तर उहाँ संविधान जोगाउन र पार्टी महाधिवेशनको पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने पार्टीले निर्णय गरिसकेको छ ।’ पार्टीको निर्णयविरुद्ध कोही दायाँबायाँ नजाने उनले विश्वास व्यक्त गरे ।

वाग्मती प्रदेशमा अविश्वासको प्रस्ताव टेबुल भइसकेको छ भने प्रदेश १ मा बुधबार हिउँदे अधिवेशन सुरु भएर अनिश्चितकालका लागि सदन स्थगित गरिएको छ । 

प्रदेश १ र वाग्मती प्रदेशस्थित प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ