arrow

पुटिनका विपक्षी नभाल्नीको समर्थनमा हजारौंको सडकमा, थुप्रै गिरफ्तार

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
russia-anti-putin-arrest.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विपक्षी एवं जेलमा रहेका विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा हजारौं मानिस सडकमा उत्रेका छन् । उनको समर्थनमा निकालिएको प्रदर्शनबाट प्रहरीले थुप्रैलाई गिरफ्तार गरेको छ । 

प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरुलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको थियो । गत आइतबार जर्मनीबाट देश फर्केका उनलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको दाबी गरिएको छ । 

नभाल्नी पुटिनका सबैभन्दा कडा आलोचक हुन् । उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता हुन् । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन ।

नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरु  साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भए ।

गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विषको हमला भएको थियो । यसको दोष पुटिनलाई गएको छ । उनको जर्मनीमा उपचार सम्भव भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ