चीनमा कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम जारी


प्रकाशित

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित देखिएका हुन् ।
 
तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार  जानकारी दिइएको हो ।चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ संक्रमित भेटिएका र तीमध्ये ६५ जना  चीन भित्रैका नागरिकमा पाइएको हो ।
 
यहाँका स्थानीय नागरिकहरुबाटै ती  जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।   चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।
 
शनिबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ संक्रमित भेटिन थालेका बताइएको छ ।
 
सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।उता बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् ।
 
उनीहरुले त्यहाँ नयाँ प्रजातिका संक्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
 
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।


प्रतिक्रिया :

नयाँ