arrow

लद्दाखमा भारत–चीनबीच तनाव, १५ घण्टा वार्ता

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
laddakh-house.jpg

काठमाडौं । पूर्वी लद्दाखको तनावलाई कम गर्न भारत र चीनका सेनाबीच वार्ता भएको छ । सैन्य स्तरीय नवौं चरणको वाता आइतबार भएको हो । १५ घण्टासम्म चलेको वार्तामा भारतले विवादास्पद क्षेत्रबाट सेना हटाउने र तनाव कम गर्ने प्रक्रिया थाल्ने जिम्मा चीनको भएको बताएको विभिन्न समाचार सूत्रले बताएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

चीन पटक पटक आफूले गरेको सहमतिलाई तोड्दै आएकाले यसपटक भारतले चीनलाई सचेत गर्न पनि यो कदम चाल्न भनेको हो । 

पूर्वी लद्दाखमा भारत र चीनका करिब एक लाख सैनिक लामो समयसम्म टिक्ने तैयारी गरिरहेको बताइन्छ । यही बीचमा दुवैतर्फ कुटनीतिक एवं सैन्यस्तरीय वार्ता पनि चलिरहेको छ । 

भारतीय सेना प्रमुख जनरल एम एम रनवणेले करिब दुई हप्ताअघि भारतीय सेना आफ्नो लक्ष्य हासिल नगरुन्जेलसम्म लद्दाखमा टिकिरहने बताइसकेका छन् । उनले जतिसमय लागोस् तर भारतले लक्ष्य हासिल गरेरै छाड्ने दृढता पनि देखाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ