arrow

भारतको कोरोना भ्याक्सिनमैत्री व्यवहारबाट चीनलाई छटपटी

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
india-china-conflict.jpg

काठमाडौं । भारतको कोरोना भाइरसको भ्याक्सिनमैत्री व्यवहारबाट चीनलाई छटपटी भएको छ । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार कोरोना महामारीका बीच भारतले विभिन्न देशहरुलाई खोप दिएर सघाउन थालेपछि चीनलाई छटपटी छुटेको हो । भारतले पहिलेदेखि नै श्रीलंका, अफगानिस्तान र पाकिस्तानलाई छाडेर सार्क स्तरीय सबै देशमा सिरम इस्टिच्यूट (एसआईआई) को कोभिशिल्ड भ्याक्सिन अनुदानमा दिएको छ । 

भारतको यही डिप्लोमेसी चीनले पचाउन नसकेको बताइएको छ । भारतको अभियानले चीनलाई दक्षिण एसियामा पछाडि धकेलिदिएको छ । चिनियाँ सरकारको मू्रखपत्र ग्लोबल टाइम्सले भारतको यो अभियानविरुद्ध दुष्प्रचार तथा बदनाम गर्न लागिपरेको भारतीय निष्कर्ष छ । 

भारतको कोरोना भ्याक्सिनको विश्वभर नै चर्चा भइरहेको छ । भारतले २० लाख डोज बंगलादेशलाई, १० लाख डोज नेपाललाई, डेढ लाख डोज भुटानलाई तथा एक लाख डोज माल्दिभ्सलाई दिइसकेको छ । 

यही २७ जनवरीमा भारतले श्रीलंकालाई पाँच लाख डोज भ्याक्सिन अनुदानमा दिँदैछ । त्यसैगरी स्थानीय रेगुलेटरबाट स्वीकृति पाउनासाथ अफगानिस्तानमा पनि भ्याक्सिन पठाउने तयारी भारतको रहेको बताएको छ । 

निरन्तर भारतले सहयोग गरिरहँदा ग्लोबल टाइम्सले भने भारतको भ्याक्सिन मैत्रीको विरुद्धमा सिरम इन्स्टिच्यूटमा आगलागी भएपछि दुस्प्रचार गरेको छ । उसले भ्याक्सिन उत्पादन क्षमतामाथि प्रश्न उठाएको छ । 

उसले चीनमा रहने भारतीयहरुले चिनियाँ भ्याक्सिनलाई नै प्राथमिकता दिएको भन्दै भारतमा बनेको भ्याक्सिनको क्षमतामाथि प्रश्न उठाएको हो । उसले कोभिशिल्डलाई लिएर ‘ब्रिजिङ स्टडी’ पूरा नगरेको आरोप लगाएको छ । 

तर त्यसको विपरीत भारतमा निर्मित भ्याक्सिन साउदी अरेबिया, दक्षिण अफ्रिका, ब्रजिल, मोरक्को, म्यानमारमा पठाउने काम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ