arrow

रुसी सरकारको भ्रष्टाचार भण्डाफोर गर्ने नाभाल्नी, जसको त्रासमा छन् पुटिन

'एक मात्र व्याक्ति जोसँग पुटिन डराउँछन्'

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
Putin-navalni-russia.jpg

काठमाडौं । एलेक्सी नाभाल्नी रुसका विपक्षका दलका नेता हुन् । तर, यसभन्दा बढी उनी भ्रष्टाचारको भण्डाफोर गर्ने अभियन्ता पनि हुन् ।गत अगस्त अर्थात सन् २०२०को अगस्तमा उनलाई बिष खुवाइएको थियो । गम्भीर बिरामी परेका नाभाल्नीको उपचार जमर्नीमा भएको थियो ।

उनलाई सोभियतकालिन खतरनाक रसायन नाभिचोक खुवाएको उपचारमा संलग्न डाक्टरहरुले बताएका थिए । राष्ट्रपति भ्लादमिर पुटिनले नै आफुलाई बिष खुवाउन लगाएको नाभाल्नीले बताएका छन् । सन् २०१९ को जुलाई पनि नाभाल्नी गम्भीर बिरामी परेका थिए । 

उपचारपछि उनका व्याक्तिगत डाक्टरले प्रायोजित रसायनकै नतिजाका कारण उनी बिरामी भएको बताएका थिए ।
यसअघि, सन् २०१७ को अप्रिलमा पनि उनीमाथि भयंकर रसायनीक आक्रमण भएको थियो । आफ्नो कार्यालयको बाहिर बसिरहेका नाभाल्नीलाई एक व्याक्तिले रसायन छर्केर आक्रमण गरेका थिए ।

त्यतिबेला उनको दायाँ आँखामा ठूलो असर परेको थियो । उनले ८० प्रतिशत दृष्ट गुमाएका थिए, तर उपचारपछि निको हुनपुगे ।
यसरी बारम्बार खतरामा पर्दै आएका नाभाल्नीलाई अहिले जमर्नीबाट रुस पुग्ने बित्तिकै रुसी प्रशासनले ३० दिनका लागि हिरासतमा राखेको छ ।

पक्राउ परेका नाभाल्नीले आफ्नो रिहाइका लागि प्रदर्शनको आह्वान गरेका थिए । उनको आह्वानपछि रुसका कयौं शहरमा लाखौं मानिसले उनको रिहाइका लागि प्रदर्शन गरिरहेका छन् ।

को हुन् त नाभाल्नी ?
सन् २००० देखि राजनीतिक यात्रा सुरु गरेका नाभाल्नी रुसी विपक्षी नेता, राजनीतिज्ञ, वकिल र भ्रष्टाचारविरोधी अभियन्ता हुन् ।
पुटिन नेतृत्वको रुस सरकारभित्र भ्रष्टाचारविरोधी अनुसन्धान र राष्ट्रपतिका लागि उठ्न अभियान चालेपछि नाभाल्नी खासगरी सन् २०१६ देखि विश्व प्रतिष्ठामा आएका थिए ।

नाभाल्नीले सन् २०११ मा 'एन्टी करप्सन फाउण्डेसन'को स्थापना गरेका थिए ।यो संस्थाले रुस सरकार, रुसी राजनीतिज्ञ, व्यापारी एवं उच्च ओहोदाका व्याक्तिहरुले गरेको भ्रष्टाचार र घुसखोरीका पर्दाफास गर्न काम गर्दै आएको छ ।

नाभाल्नी राजनीतिज्ञ भन्दा बढी भ्रष्टाचारविरोधी अभियन्ता हुन् । नाभाल्नीको निकै चर्चीत आफ्नै ब्लगछ । जसबाट उनले भ्रष्टाचारका काण्डहरु सार्वजनीक गर्दै आएका छन् ।

सामाजिक संजालमा प्रभाव

सामाजिक सञ्जाल युट्युबमा नाभाल्नीका करिब ६० लाख प्रशंसक छन् । त्यस्तै उनको फेसबुक पेजम झण्डै ५ लाख प्रशंसक छन्, इन्स्टाग्राममा करिब ४० लाख फ्लोअर छन् र ट्विटरमा २५ लाख फ्लोअर रहेका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय नाभाल्नीले सामाजिक सञ्जालकै प्रयोगबाट विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् ।
सुरुदेखि नै रुसी सरकारभित्रको भ्रष्टाचारको पर्दाफास गर्ने लक्ष्यका साथ अघि बढेका नाभाल्नीका सामाजिक सञ्जालमा दशौंलाख प्रसंशक एवं फ्लोअर छन् ।

नाभाल्नीले राष्ट्रपति  भ्लादिमिर पुटिन नै मुछिएका ठूला भ्रष्टाचारका काण्डहरु सार्वजनीक गर्दै आएका थिए । 
पाँचदिन अघि मात्रै उनको युट्युबबाट एक अनुसन्धान रिपोर्ट सार्वजनीक भएको छ ।जसमा '‘ब्ल्याक सी'को तटिय क्षेत्रमा भ्लादिमिर पुटिनको झण्डै एक अर्ब पाउण्डको सम्पती रहेको खुलासा गरेका छन् ।

नाभाल्नीले सन् २००८ मा विभिन्न पाँच तेल र ग्यास कम्पनीमा सेयर हालेर त्यहाँ हुने अपारदर्शीताको अन्त्य गर्न खोजेका थिए ।
त्यसपछि उनले सन् २०१० को नोबेम्बरमा एक अनुसन्धान अध्ययन सार्वजनीक गर्दै पूर्वी साइबेरिया–प्रशान्त महासागर पेट्रोलियम पाइपलाइनमा ४ खर्ब घुसखोरी भएको खुलासा गरेका थिए ।

त्यस्तै उनले सन् २०११ मा मस्को स्थिती हंगेरी राजदुतावासको भवन रुसी व्यापारीसँग २ करोड १० लाख अमेरिकी डलरमा बेचेको र तत्कालै ती व्यापारीले रुस सरकारलाई ११ करोड ६० लाखमा बेचेको अनुसन्धान अध्ययन सार्वजनीक गरेका थिए ।
यतिमात्रै हैन् नाभाल्नीले रुसी सैन्यक्षेत्र, मन्त्रालय, मन्त्री एवं राजनीतिज्ञ र उद्योगीका बीचमा हुने अर्बौका घोटालाहरु सार्वजनीक गर्दै आएका छन् ।

देशभित्र भ्रष्टाचारविरुद्ध खुँखार कदम चाल्दै आएका नाभाल्नी कानुनका  विद्यार्थी पनि हुन् । पुटिन सरकारभित्र हुने भ्रष्टाचारको अन्त्य गर्ने योजनासँगै सन् २०१६ मा नाभाल्नीले सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उठ्ने घोषणा गरे ।

योसँगै नाभाल्नी चर्चा अन्तर्राष्ट्रिय स्तरमा समेत भयो । राष्ट्रपतिका लागि उठ्ने घोषणासँगै नाभाल्नी सन् २०१८ मा हुने चुनावका लागि सन् २०१६ देखि नै र्‍याली एवं चुनावी अभियानमा लागेका थिए ।

सन् २००० देखि रुसमा शासन जमाउँदै आएका पुटिनलाई टक्कर दिने एकमात्र जुझारु नेताका रुपमा देखिएका नाभाल्नीलाई सन् २०१७ मा राष्ट्रपति उम्मेदवारका लागि संघिय निर्वाचन आयोगले अयोग्य ठहर गरिदियो ।

त्यसपछि नाभाल्नीले आफ्ना समर्थकहरुलाई निर्वाचनको बहिष्कार गर्न आह्वान गरेका थिए ।नाभाल्नी 'रसिया अफ फ्युचर' पार्टीका लिडर हुन् । नाभाल्नीलाई 'एक मात्र व्याक्ति जोसँग पुटिन डराउँछन्' समते भन्ने गरिन्छ ।

नाभाल्नीले सन् २०१७ मा 'हि इज नट डिमोन टु यु' नामक सिरिज सार्वजनीक गरेका थिए । जसमा पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले गरेको भ्रष्टाचारको खुलासा गरेका थिए । उक्त सिरिज रिलिज भएपछि रुसभर भयंकर प्रदशर्न भएको थियो । 

अहिले पनि नाभाल्नीले '‘ब्ल्याक सी'मा रहेको पुटिनको अर्बौंको सम्पती (जुन भ्रष्टाचारबाट खडा गरिएको दाबी छ)का बारेको भिडियो सार्वजनीक गरका छन् ।

६ दिनअघि आफ्नो युट्युबबाट नाभाल्नीले यो भिडियो सार्वजनीक गरेका थिए  । नाभाल्नीको रिहाइ र पुटिन सरकारको विरोध गर्दै रुसका विभिन्न शहरमा अहिले प्रदर्शन भइरहेको छ ।

विभिन्न शहरमा प्रदर्शन गरिरहेका हजारौं जनामध्ये ३ हजारभन्दा बढी लाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा नाभाल्नीकी श्रीमती समेत रहेकी छन् ।

रुसी नागरिकहरु पुटिनलाई मन नपराउँने भए पनि सर्वशक्तिमान बनेका पुटिनले पूरै देशको राजनीति आफ्नो मुठ्ठिमा राख्दै वर्षौं सत्तामा रहन सक्ने बनेका छन् ।

पुटिनलाई टक्कर दिने एक मात्रा नेताका रुपमा हेरिएका नाभाल्नीलाई दशौं लाख नागरिकले समर्थन गरेको देखिन्छ ।
यस्तोमा पुटिनले नाभाल्नीलाई आफ्नो बाटोबाट पन्छाउन खोजिरहेको आरोप छ । 

सोभियत संघको विघटनपछि रुसमा आएको ठूलो विकराल स्थिती फेरि नदोहोरियोस् भन्नका लागि आफुहरुले पुटिनविरुद्ध आन्दोलन नगर्ने गरेको रुसी नागरिकहरुको गुनासो विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गर्दै आएका छन् ।

नाभाल्नीमाथि पटक पटक आक्रमण हुनु, उनका समर्थकहरुमाथि हस्तक्षेप गर्दै पक्राउ गर्नु लगायतका कुराहरुले रुसी सरकार नाभाल्नीसँग त्रसित रहेको देखिन्छ । 

तर, आफुलाई विश्वकै सर्वश्रेष्ठ लिडरहरुको समुहमा राख्न खोज्ने पुटिनले एक भ्रष्टाचार विरोधी अभियान्ताविरुद्ध यस्तो दमन हुँन दिनु निकै नै तल्लोस्तरको काम भएको विश्लेषकहरु बताउँछन् ।

नयाँ पुस्ताका रुसी नागरिकका सामु ४४ वर्षीय नाभाल्नी एक प्रेरक राजनीतिज्ञ, अभियन्ता, वकिलका रुपमा प्रतिष्ठत हुँदै गएका छन् । 

यो कुरा पुटिन र पुटिन सरकारको अपारदर्शीतालाई असह्य छ । जसकारण पुटिन सरकारले नाभाल्नीलाई आफ्नो बाटोबाट पन्छाउँने कोसिस गर्दै आएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ