arrow

खोपको वदलामा टर्कीले चीनलाई उइगर मुस्लिमलाई सुपुर्दगी गर्न लागेको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ १२ सोमबार
turkey1.jpeg

काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउने शर्तमा टर्कीले चीनलाई अल्पसंख्यक उइगर मुस्लिमलाई सुपुर्दगी गर्न लागेको आरोप लागेको छ । डिसेम्बरमा चिनियाँ खोप सिनोभ्याक टर्कीलाई उपलब्ध गराउने चीनले प्रतिबद्धता जनाएको थियो । त्यसको बदलामा अल्पसंख्यक उइगर मुस्लिमहरुलाई चीनको जिम्मा लगाउनुपर्ने शर्त राखिएको आरोप छ। 

द बिजनेस इन्साइडरको खुलासा अनुसार टर्कीले खोप उपलब्ध गराएको बदलामा बेइजिङलाई टर्कीमा रहेका अल्पसंख्यक मुस्लिमहरुलाई अंकाराले जिम्मा लगाउने आक्रामक कदम चाल्‍ने सहमति भएको छ ।

अल मोनिटरका अनुसार टर्कीले डिसेम्बर ११ मा सिनोभ्याक शटबाट मानिसहरूलाई खोप दिने योजना बनाएको थियो । तर पहिलो ढुवानी डिसेम्बर ११ सम्ममा भएको छ। 

खोप ढिलाइले टर्कीका विपक्षी राजनीतिज्ञलाई यस्तो चिन्ता बढाउन उत्साहित तुल्यायो कि चीनले सत्तारुढ न्याय तथा विकास पार्टी एकेपीलाई यो खोपहरूको पहुँच चाहेमा प्रत्यर्पण सम्झौताको अनुमोदन गर्न दबाव दिएको थियो ।

टर्कीले डिसेम्बर ११ सम्म चीनसँगको प्रत्यर्पण सन्धिलाई अनुमोदन गरिसकेको छ । सम्झौताको अर्थ टर्कीले कसैलाई पनि अपराधी अभियोग लगाएर चीनमा पठाउनु पर्छ भनिएको छ । तर, जनवरीमा पनि टर्कीलाई खोप उपलब्ध भने गराइएको थिएन । 

चिनियाँ कम्युनिस्ट पार्टीले धार्मिक र सांस्कृतिक सफाया गर्ने योजनाअन्तर्गत अल्पसंख्यक मुस्लिम उइगरमाथि नरसंहार गरिरहेको आरोप अन्तराष्ट्रिय समुदायले लगाएको छ। यसको चौतर्फी विरोधसमेत भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ